साउदी राजकुमार फैसललाई नजरबन्दमा राखियो


पछिल्ला वर्षहरुमा साउदी अरबमा भएका घटनाक्रमहरुले त्यहाँका शाषकहरुको राजपरिवारकै अन्य सदस्यहरुप्रतिको घृणा र षडयन्त्र दर्शाएको छ । राजकुमार पैसल विन अल्वसल्लहा अल साउद पूर्वराजा अव्दुल्लाहका छोरा हुन्, मार्च २७ देखि नजरबन्दमा राखिएका यिनलाई कसैसंग बोल्न र भेट्न पनि दिइएको छैन । ह्यूमन राइट्स वाचले भर्खरै फैसलको अवस्था प्रकाशित गरेको हो, अब फैललाई नै पनि कारागारबाट गायब गरिने त हैन, आशंका सर्वत्र छ । उनी साउदी अरबको रेड क्रिसेन्ट संस्थाका अध्यक्ष पनि हुन्, यिनका परिवारले ह्यूमन राइट्स वाच मार्फत फैसलको अवस्था जान्ने प्रयास गरेतापनि आजका मितीसम्म फैसललाई मारेर गायब गरिसकेको हुनसक्ने आशंका पनि रहेको छ । सन् २०१७ को नोभेम्बरमा साउदी शाषकले फैसल लगायत अन्य ३०० जना ब्यापारीलाई पक्राउ गरेर नजरबन्दमा राखेको थियो, त्यसवखत फैसल अनि अन्य राजपरिवारका अन्य सदस्यहरु र ब्यापारीहरुलाई आफ्नो सम्पती राष्ट्रियकरण गर्न आदेश दिइएको थियो, त्यसै वर्ष डिसेम्बरमा फैसलले आफ्ना सबै सम्पती साउदी शाषकका नाममा गरिसकेका थिए, यस पटक यिनलाई यतिका लामो समय कहाँ राखियो, मारियो या अझै ज्यूँदै राखिएको छ र किन यसो गरियो भन्ने विषयमा श्रोत खुलेको छैन ।


Loading comments...