सिरियाका राष्ट्रपति आसादका काका


सिरियाका राष्ट्रपति वसाद अल आसादका ८२ वर्षिय काका पनि छन् । ५५ वर्षिय आसाद सन् २००० बाटै सिरियामा सत्तासिन छन्, पेशाले उनी सेनाका डाक्टर हुन् । विदेशमा काम गरिरहेका आसादलाई दाजुको कार दुर्घटनामा मृत्यु भएपछि स्वदेश बोलाइयो र सेनामा लेवनानसंगको सिरियाको युद्धमा यिनले काम गरे । यिनका बुवा सिरियाका राष्ट्रपति थिए र बुवाको मृत्यु पछि आसादलाई नै उत्तराधिकारी चयन गरियो, अहिलेसम्म पनि आसाद सिरियाका शक्तिशाली नेता र राष्ट्रपति हुन् । आसादका काकालाई भर्खरै भ्रष्टाचार र अकुत सम्पति कमाएको आरोपमा अदालतमा उपस्थित हुन बोलाइएको थियो तर तिनका वकिलले ८२ वर्षिय आफ्ना प्रत्ययाशी अदालत जान असमर्थ रहेका जनाएका छन् ।

८२ वर्षिय रिफाकत अल आसाद फ्रान्समा अलिशान इम्पायर खडा गरेर बसेका छन्, फ्रान्समा नै सन् २०१४ बाटै अकुत सम्पतिको केसमा यिनमाथि अनुसन्धान भइरहेको छ । लगभग ९० मिलियन यूरोको मनी लण्डरिगंमा यिनलाई मुद्धा परेको छ, छानविन जारी छ । फ्रान्स र बेलायतमा बराबर बस्ने रिफाकत आसादले यि आरोपहरु मिथ्या भएको बताँउदछन् यद्धपि यिनमाथी सिरियाको सम्पति हिनामीना गरेको, कर छलेको र मनी लण्डरिगं गरेका पोख्ता आरोपहरु छन् ।

रिफाकतले सन् १९८४ मा सिरिया छाडेका हुन् जतिबेला यिनका दाजु अर्थात बसाद अल आसादका बुवा हाफेज राष्ट्रपति थिए । दाजु राष्ट्रपति हुँदा फिाकत आफूचाँही सिरियाका उपराष्ट्रपति थिए । यिनले सिरिया छाडेर यूरोप छिरेपछि यिनका ४ पत्नी र १६ बच्चाहरुको यूरोपमा आलिशान जिवनशैलीको निकै आलोचना भयो र सम्पति श्रोतउपर छानवीन हुन थाल्यो, यो मुद्धा अझै चलिरहेको छ ।
स्पेनमा मात्र रिफाकतको ७७० मिलियनको सम्पतीलाई सन् २०१७ मा सरकारले जफत गरेको थियो । रिफाकतका अनुसार यि सम्पतिहरु साउदीका राजपरिवारले यिनलाई दिएका उपहारहरु हुन् यद्धपि त्यसको पुष्टि भनें हुन बाँकी छ । यस अघि पनि फ्रान्समा अकुत सम्पति जोडेको भनेंर इक्वाटोरियल गिनीया नामक देशका राष्ट्रपतिलाई २ वर्ष सजाय दिइएको थियो, हेरौं बसादका काकालाई के हुनेछ ?

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...