सि.के राउत अमेरिकी बिरुवा हो, राष्ट्रिय अखण्डताबारे सोच्ने बेला आयोः प्रा. सँग्रौला


प्राध्यापक तथा वरीष्ठ अधिवक्ता युवराज संग्रौलाले रास्ट्रको अखण्डताका लागि सबैले सचेत हुनु पर्ने बेला आएको बताउनुभएको छ । पछिल्लो विकसित घटनाक्रमबारे विश्लेषण गर्दै उनले सो कुरा बताएका हुन ।

उनको  फेशबुक वक्तव्य जस्ताको त्यस्तैः

मैले मेरो किताब ” साउथ एसिया चाइना जिओइकोनोमिक्स” प्रष्ट लेखेको छु, भारतलाई इरान र रसियाबाट अलग गर्न सम्भव छैन। तेसोभए,
१. अमेरिकी रणनीतिमा व्यापक परिबर्तन हुन्छ, अमेरिका उस्का पश्चिमी सहायोगी सहित एसियालाई बिभाजन गर्न उद्दत हुन्छ। आन्तरिक राजनितिमा दखल उस्को रणनीति हुन्छ, सानादेशमा उस्को उपस्तिथि रणनीति हुन जान्छ। पढ्नु होस।

२. उस्ले दक्षीण एसियामा भारतको एकाधिकारलाई समाप्त गर्ने छ। उस्ले आफ्नै नितिअनुरुप आफ्नो संबन्ध बिकास गर्ने छ। सि. के राउत अमेरिकी बिरुवा हो। मिथिलालाई अलग राज्य बनाउने खेलको गोटि। मैले लेखेको छु भारत नराम्ररी आफनो गल्तीमा फसदै छ। बहुरास्ट्रीयता भारतका विरुद्ध लक्षित छ।

३. राउतको मिसन पूरा हुन नसक्ने अवस्था देखियो जब भारत ले बुझ्यो। अब खुला राजनितीको बिकल्प थिएन। को योजनाकार हो नेपालमा भन्न गार्हो छ। टिमोरको ढांचा अबलम्बन गरिएको छ। अब उस्लाइ रास्ट्रीय स्तरमा उचालिने छ। अनि उस्ले जनमत संग्रहको नारा लगाउने छ। अब पहिलो सिकार मधेस केन्द्रीत पार्टी हुनेछ्न। उनिहरुका रणनीतिले उनिहरुलाई नै खाने छ। राउतको बर्चस्व निर्माण हुनेछ।

४. रास्ट्रको अखण्डताका लागि सबैले सचेत हुनु पर्ने बेला आयो। आर्मी माथी आक्रमण अस्ति देखीनै शुरु भएको छ। मधेसको आन्दोलनलाई आठ जिल्ला बाट फेरि समस्त मदेशमा बिस्तार गर्ने, आर्मीलाई कम्जोर पार्ने र नेपाललाइ आर्थिक बिकासबाट बिमुख गर्ने खेल तिब्र हुने छ्न।
तर यो षड्यन्त्रकारी शक्ति कम्जोर छ। फेरि पनि यो खेल असफल हुने छ। सबै नागरिकमित्रहरु उत्पादन तर्फ केन्द्रीत बनौं। यो मात्रै देश जोगाउने उपाए हो।

मुलधारका राजनैतिक दलमा कमसेकम यो पल्ट देशका लागि अडान लिने सतबुद्धि आइदिए तराइ क्षेत्रमा भविस्यमा आउन सक्ने निकै ठुलो समस्या समाधान हुन सक्ने अवसर आएको छ, तर त्यसो हुन दिइदैन, कारण हरेक दलमा ति दलालहरु छन जो यो देशको बरबादी को सुपारि लिएर काम गर्दैछन । अस्ति सहमति भएको ११ बुँदालाइ मात्र लिएर एकमत हुने हो भने कुरो सजिलै नेपाल रास्ट्रको पक्षमा आउँछ, तर यहाँ त सहमति भएको १० मिनेट भित्र सिके को पक्षमा प्रचार सुरु भयो, भोलि सरकार ले कुनै जनमत संग्रहको सहमति भको हैन भनेर भनि दिए मा , हैन जनमत संग्रह नै सहमति गरेको होस, तुरुन्त गर भनेर भन्ने ?? के हो हाम्रो चेतना को स्ट्याण्ड ??? यसो भन्दा मलाइ ओलि को हनुमान भनिएला, तर म सिके राउत को हनुमान चैं हैन । यो देशको अखण्डता लाइ घात हुने प्रबित्ति ले थापेको च्याँखे मा सहमति हुनै सक्दैन । कुरो सिके राउत भर्सेस देश को हो ।


Loading comments...