स्पेनको तारागोनामा शक्तिशाली बिष्फोट


स्पेनको तारागोना शहरको केमीकल प्यान्टमा शक्तिशाली बिष्फोट हुँदा धेरै जनधनको क्षती भएको अनुमान गरिएको छ । शहरका बासिन्दालाई घरभित्र बस्न अनुरोध गरिएको छ भने अहिलसेम्म उक्त केमीकल प्लान्टको बिष्फोटबाट कुनै बिशाक्त ग्याँस भने निस्केको खबर छैन ।

क्यानोन्जा नगरपालिकामा भएको यो विष्फोटका अन्य खबरहरु अझै आउन बाँकी छ । रातीदेखि नै दर्जनौं अग्नीनियन्त्रकहरु त्यस क्षेत्रमा आगो नियन्त्रण गर्न लागिपरेको खबर छ । एकजना मृतक भने नजिकैको घरको भग्नावशेषमा फेला परेका छन्, विष्फोट यति भयंकर थियो कि आसपासका घरहरु नै लडेको बताइन्छ । दुई जनालाई गम्भीर जलन भएको छ भने एकजना उक्त प्लान्टका कर्मचारीको खोजिकार्य जारी छ ।


Loading comments...