हिटलरका अगंरक्षकको बयान


बर्लिन शहरमुनी बनाइएको बकंर र सुरुगंहरुमा हिट्लरले आफ्ना अन्तिम श्वाँस फेरेका हुन्, उन्लाई अन्तिम समयसम्म साथ दिएका र हिटलरको मृत शरीरलाई सबैभन्दा पहिले देखेका यि अगंरक्षक ले सन् २०१३ मा ९६ वर्षमा जिवन त्याग गरे, तर यिनले दिएका अन्तरवार्ताहरु आजसम्म पनि निकै चर्चामा र रोचक मानिएर पढिन्छन् ।

रोचस मिस नामक यि सैनिकका अनुसार हिटलरले आफू मर्नुअघि सबै सैनिकलाई पदमुक्त गरेको घोषणा गरे र आफू मरेपछि शरीर जलाउन भनी आदेश दिएका थिए ।

अप्रिल सन् १९४५ मा बकंरभित्रका टेलिफोन अपरेटरले सोभियत संघका सैनिकहरु बर्लिन छिरिसकेको बताएपछि अब दोश्रो विश्वयुद्धको अन्त र हिटलरको पतन भएको निश्चय गरियो, बकंरभित्र कोलाहल झैं थियो । यस खबर पश्चात हिटलरले नाजी पार्टी अफिसियलसंग सुस्तरि कुरा गरे अनि आफ्नी श्रीमती जस्लाई त्यहीँ बकंरमा यिनले भव्य समारोह बिच बिवाह गरेका थिए तिनैलाई साथ लिएर यिनी स्टडी रुम छिरे । आफ्नो शरीरलाई मरेपछि मुसोलिनीको झैं सार्वजनिक हेय नगरियोस भनी हिटलरले आफ्ना सहयोगीलाई जलाउनु भनी कडा आदेश दिएका थिए ।

यि अगंरक्षक हिटलरको स्टडी रुममा छिर्दा ईभा अर्थात हिट्लरकी श्रीमती सोफामा गोडा पल्टाएर हिटलरतर्फ हेरिरहेकी अवस्थामा लडेकी थिइन भनें अर्कोतर्फ हिटलर आफ्ना आँखा खुल्लै राखेर मृत थिए । यि अगंरक्षक मिसलाई पनि सोभियत सेनाले ८ वर्षसम्म लेवर क्याम्पमा यातना दिएर राखे र पछि यिनी रिहा भए । मिसले हिटलरलाई एउटा राम्रो नेता र बोसका रुपमा चित्रण गर्दथे, हिट्लर शालिन र बिचाराधिन देखिन्थे र सदैव जर्मनको भलाईका कुरा गर्दथे भन्ने उनको तर्क थियो ।

द मेमाइर्स अफ हिट्लरर्स बडीगार्ड नामक पुस्तकमा यि अगंरक्षकका कुराहरु लेखिएको छ ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
हिट्लरले दोश्रो विश्वयुद्ध जितेको भए के हुन्थ्यो ?


Loading comments...