हिट्लर जन्मेको घर


जर्मनका तानाशाह शाषक हिट्लरको नाम नसुन्ने त हामी कमै छौं होला । हिट्लर जर्मनमा जन्मिएका भनें हैन्, उनी अष्ट्रियामा जन्मिएका हुन् । हिट्लर जन्मिएको घर अझै पनि अष्ट्रियामा उस्तै छ र त्यस घरको विषयमा निकै लामो समयदेखि अष्ट्रियन सरकार र घरका मालिक घरानाबिच मुद्धा चलिरहेको छ ।

सन् १९८९ मा उक्त घर एउटा सामान्य गेष्ट हाउस थियो र हिट्लरका बुवा अष्ट्रियन जर्मन सिमाका भन्सार कर्मचारी हुँदा हिट्लर त्यही जन्मेका थिए । उनी ३ वर्षसम्म त्यहि घरमा हुर्केको बताइन्छ, त्यसपछि उनका बुवाको पीसाउ भन्ने ठाँउमा सरुवा भयो । अष्ट्रियन सरकार र विश्व समुदायको चासो भनें हिट्लरको जन्मस्थल कुनै संझनास्तम्भ नबनोस र उनलाई बिरता र देशप्रेमीको संज्ञा दिएर बिशेष स्थान नदियोस भन्नेमा रहेको देखिन्छ । उनीहरु हिट्लरलाई इतिहासमा क्रुर र बिर्सनलायक पात्रका रुपमा राख्न चाहन्छन् र चाँहदैनन कि हिट्लर जन्मेको घरमा उन्को संझना या इतिहास केहि रहोस् ।

नाजीहरुका समर्थक एउटा ठूलै राष्ट्रवादी समुह हिट्लरलाई भगवान मान्दै आफ्ना आन्दोलन जारी राखिरहेको बताइन्छ, यो आन्दोलन र बिचारको सानो झिल्कोले फेरि कुनै विश्वयुद्ध ननिम्त्याउला भन्न पनि सकिन्न । यहि बिहिवार फेब्रुअरी ७ का दिन अष्ट्रियाको अदालतले उक्त घर सरकारीकरण गरेवापत घरमालिक घरानालाई १७ लाख यूरो तिर्न सरकारलाई निर्देशन दिएको हो । यसका साथै अब हिट्लर जन्मेको घरको स्वामित्व बिवाद पनि अन्त्य भएको छ । यस घर कुनै नाजी समर्थक मान्छे या समुहको हातमा नपरोस भन्नेमा अष्ट्रियाको सरकार बिशेष चनाखो रहेको देखिन्छ । उन्को कालो इतिहासलाई कसैले बिरताको संज्ञा नदियोस् भन्ने अष्ट्रिया र जर्मनको चासो सदैब रहेको छ ।

अष्ट्रियाको भ्राउनाउमा रहेको उक्त घरको तेश्रो तल्लामा हिट्लर जन्मेका थिए । हिट्लर स्वयमले भनें त्यत्रो शक्ति र बोलवाला हुँदापनि आफू जन्मेको घर र स्थानको संरक्षणमा खासै चासो देखाएका थिएनन्, न्यूयोर्क टाइम्सले पनि यस तथ्यलाई लेखेको छ ।
अष्ट्रियाको सरकारले उक्त घर सन् १९७४ मा ३ दशकका लागि लिजमा लिएको मालिक मीस्टर पोमरसंगको दस्ताबेजमा पाइन्छ । घरमालिक घर बेच्न उत्सुक भने भएको पाइन्न तर अहिले आएर घरको बिक्रि नै गरेर घरमालिक झन्झटबाट पन्छिएका हुन् ।
तर कुरा जेसुकै भएपनि दोश्रो विश्वयुद्धमा हारपश्चातको कमजोर नाजी हलचलले अडा गरेको नीयो नाजी मुभमेन्टले समर्थन गरेको फ्रिडम पार्टी अहिले अष्ट्रियाको गठबन्धन सरकारमा छ । के हिट्लरको घरलाई अब सदाका लागि मेटाउन या प्रमाण हटाउन या अन्य कुनै सामान्य प्रयनेजनमा ल्याई इतिहासमा छल्न पाउला त अष्ट्रियाको सरकारले ?
हेर्दै जाँउ ।
लाइभमाण्डु


Loading comments...