hindu

हिन्दु धर्मको परिचय


अर्जुन भण्डारी
अर्जुन भण्डारी

हिन्दु धर्मलाइ सनातन (धेरै समयदेखि चलिआएको) धर्म पनि भन्ने गरिन्छ । हिन्दु धर्मलाइ सवैभन्दा पुरानो धर्म अथवा दार्शनिक धर्म पनि भनिन्छ । यो धर्म करिव ९० हजार बर्षभन्दा अघि देखि प्रारम्भ भएको थियो । संख्याको हिसावले यो विश्वको तेस्रो धर्म पनि हो । हाल विश्वमा १ खर्व ५ अर्व मानिसहरु हिन्दु धर्मालम्वीहरु बसोवास गर्दछन । जय मध्ये ९६ प्रतिशत एसियामा बसोबास गर्दछन । महाभारत, रामायण र पुराणहरूमा चन्द्रवंशी र सूर्यवंशीराजाहरूको वंश परम्पराको उल्लेख गरिएको छ । यसैगरी विभिन्न वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको प्रारम्भका विषयमा थुप्रै कुराहरु लिखित छन् । जस्लाइ आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । हिन्दु धर्मका शास्त्रलाइ श्रुति र स्मृती गरी दुइ भागमा विभाजन गरिएको छ । श्रुति अन्र्तगत वेद वुझिन्छ भने स्मृति अन्र्तगत इतिहाँस, पुराण, रामायण, महाभारत तथा विभिन्न ग्रन्थहरु पर्दछन ।

ईसा पुर्व १७०० मा अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा आर्यहरूको बसोबास थियो । त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थालिएको थियो । सवैभन्दा पहिला चार बेदहरुको रचना गरियो । सर्व प्रथम ऋग्वेदको रचना भयो अनि शक्लजुवेद, सामवेद, र अर्थववेद जस्ता रचनाहरु भए ।

हिन्दु धर्मको केहि विशेषताहरु ल्गभग ३५०० बर्ष अघि देखिका रहेका छन । यस धर्मको कुनै एतिहाँसिक संस्थापक रहेका छैनन् तर उत्पति धेरै ऋषिहरुवाट भएको छ । एक प्रकारले हिन्दु परम्परा शिव, विष्णु, र दुर्गाको प्रभुत्व बढेको बखतमा शुरु भएको हो भन्न सकिन्छ । दुर्गाले देवताहरुको शक्तिको प्रतिनिधित्व गर्दछिन र यीनलाइ दृवी पनि भनिन्छ ।

अहिले यो परम्परा धेरै धार्मिक, र्सास्कृतिक सामाजिक चाल चलनहरुको र विभिन्न प्रकारको पुजा आजाको संयुक्त रुप हो । यसले चन्त्रलाइ पनि अंगालेको छ जस्लाइ रहस्यमय कर्मकाण्डहरु, विश्वासहरु, विचारधाराहरु जुन बसद्ध धर्ममा पनि पाइन्छ । यसमा शक्तिको रुपमा नारी नै मुख्य तत्वको रुपमा रहेको छ । नेपालमा प्रचलित हिन्दु धर्म २००० वर्ष देखिको बौद्ध धर्मसंगको लगातार सह अस्तित्व वाट एक अर्काको पुरक भएर रहेको छ ।

नेपाली हिन्दु धर्मालम्बीहरु ऋाफ्नो भक्ति विश्वासलाइ शैव मार्ग अर्थात शिव नै मुल देवता मानेर अनुकरण गर्छन । यस्ले गर्दा हिन्दु, शैवमार्गीहरु अन्य देवताहरुको पुजा गर्दैनन् भन्ने होइन बौद्ध धर्मको महाँकाल, रातो मछेन्द्रनाथ, धेरै मातृका गणहरु र प्रकृतीको विभिन्न शक्तिहरुको पनि पुजा गर्दछन । यी विभिन्न देवि देवताहरु हिन्दुहरुको भनाइमा ‘एउटा अति महत्वपुर्ण हिराको कोणहरु हुन ।’ पुजामा कर्मकाण्डलाइ विशेष महत्व दिइन्छ । शिव र विष्णु जस्ता देवतालाइ शुद्ध र सात्विक चीजहरु फल फुलहरु चढाइन्छ । पशुवली, मासु, रक्सी, जस्ता नैबेद्यहरु डरलाग्दा भैरव र मातृका गणहरुलाइ अर्पण गरिन्छ ।

हिन्दु धर्ममा ओम ‘ॐ’ पवित्र चिन्ह मानिन्छ । यो चिन्ह विशेषगरी शिव भगवान संग सम्बधित छ । हिन्दु धर्मको पवित्र ग्रन्थ बेदमा ‘ॐ’को बारेमा लेखिएको छ । कुनै पनि प्राथना गर्दा तिन पटक ‘ॐ’को उच्चाहरण गरिन्छ । जस्लाइ उच्चाहरण गर्दा भगवानको नाम लिए बराबर नै हो ।

स्वस्तिक (卐) चिन्हलाइ प्राचिनकाल देखि नै मंगल प्रतिकको रुपमा मानिँदै आएको छ । कुनै पनि शुभकार्य गर्नु भन्दा अगावै स्वस्तिकको पुजा गरिन्छ । यस्लाइ गणेशसंग सम्बन्धीत मानिन्छ । स्वस्तिक शब्द ‘सु‘असंकबाट बनेको छ। ‘‘को अर्थ राम्रो, ‘अस‘को अर्थ ‘सत्ता‘ वा ‘अस्तित्व‘ र ‘‘को अर्थ ‘कर्त्ता‘ वा गर्ने मान्छे। यस प्रकार ‘स्वस्तिक‘ शब्दको अर्थ भयो ‘राम्रो‘ अथवा ‘मंगल‘ गर्ने। ‘अमरकोश’मा पनि ‘स्वस्तिक‘को अर्थ आशीर्वाद, मंगल वा पुण्यकार्य हो भनेर लेखियेको छ।


Loading comments...