हिमाल आरोहीको रेस्क्यू पाइलटको आँखामा जलवायु परिवर्तन


अलजजिरामा एलिक्जेन्डर लेर्चेले लेखेका आलेखलाई सरल नेपालीमा प्रस्तुत गर्दै छौं, आज लाइभमाण्डुमा हिमाली आरोहीका रेस्क्यू पाइलटका आँखामा क्लाइमेट चेन्ज को धारणा ।
खुम्बु हिमनदिमा हेलीकप्टरले जमिन छुने बित्तिकै पाइलट किरण पुन ले धेरै पर पनि नजानुस हराउन सकिन्छ भनी सबै आरोहीलाई भनें । धेरै ईन्धन खपत गर्न हुन्न, उनी भन्दैथिए ।
वेसक्याम्पको ५३६० मिटरको उचाईमा अक्सिजनको कमी हुन्छ जस्ले गर्दा ईन्जिन रोकेपछि फेरि स्टार्ट हुन समस्या आउन सक्दछ तसर्थ यि ठाँउहरुमा हेलीकप्टर नरोकिकन, ईन्जि चालु अवस्थामा राखेरै आरोहीहरु ओरालिन्छ । फेरि एक्कासी हिँउमा थुप्राहरु खस्ने संभावना पनि उतिकै हुन्छ ।

यिउ पाइलट र यिनका हेलीकप्टर यस भेगमा जिवनयापनको मुख्य मेरुदण्ड हुन् जस्ले ओखती, अन्य सामान लगायत घाइते आरोहीको उद्धार र विपतका बेला उद्धार पनि गर्छन । मौसम यति भयावह रहन्छ कि आकस्मिक अवतरणको प्रश्न र जोखिम सदासर्वदा रहन्छ ।
यि पाइलटहरु वर्षौदेखि हिमालका टाकुरा छिचोल्दै उडिरहेका छन्, जलवायू परिवर्तनका विषयमा यिनीहरुको फरक धारणा छ ।
क्याप्टेन किरण पुन का अनुसार पहिलेजस्ता हिमनदिहरु बाक्ला देखिन्न, ति नदिहरु अब पातला भइसकेका छन् भनें पहिले पहिले बाक्लो हिँउमा ढाकिएको देखिने हिमालका अंशहरु अब हिँउबिहिन रित्ता देखिन थालेका छन् ।


यता बैज्ञानिकहरुको डाटा पनि त्यस्तै छ, पछिल्लो दशकको तुलनामा यस दशक हिँउ पग्लिने दर दोब्बर छ । सन् १९७५ मा म्याप गरिएको हिमनदिका क्षेत्रहरुमा केवल ७५ प्रतिशत मात्र सन् २०१८ मा पाइए । हिमनदिको अलावा हिँउको संरचना र अवस्थितीमा पनि धेरै गिरावट आएको पाइन्छ, यसका कारण हिमालयको शयलमा रहने लाखौं मान्छे र वस्तीहरु जोखिममा छन् ।
तस्वीहरु अलजजिराबाट


Loading comments...