Afghanistan: जुन विमानबाट मान्छे तल खसेका थिए, त्यस विमान भित्रको दृश्य हेरेर अनुमान गर्न सकिन्छ त्रासको त्यस अवस्थालाई


काबुल । तालिबानले सम्पूर्ण रुपमा अफगानिस्तानमाथी आफ्नो पकड बनाई सकेको छ, यसका कारण अफगानी जनतामा लगातार डर र त्रास बढ्दै गएको छ । यस अघि नै अफगानिस्तानका नागरिकले ९० को दशकमा तालिबानी साम्राज्यको अन्याय र पीडा विर्षिएका छैनन । यस कारण तालीवानी नियन्त्रित वास्तविक सत्ता संचालनमा आउनु अघि त्यहाँका नागरिक आफ्नो देश कुनै पनि हालतमा छाडेर अन्य सुरक्षित देशको शरणमा पर्न चाहन्छन् ।

यही कारणले तालिवानी समूहले राष्ट्रपति भवनमा आफ्नो नियन्त्रण बनाएसँगै काबुल एयरपोर्टमा अफगानी नागरिकको भीड बढ्न थालेको हो। यहि क्रममा अफगानी नागरिकहरुको वास्तविक अवस्थालाई बयान गर्दछ । त्यसको ताजा नमूना हालै सामाजिक सञ्जालमा भाईरल भइरहेको एउटा तस्वीर जसले नागरिकले सुरक्षित स्थानको खोजीमा गरेको चरम कोशिस देखिन्छन् । यस अघि नै एउटा हृदयविदारक तस्वीर भाइरल भएको थियो जसमा उड्दै गरेको विमानमा झुण्डिएका ३ जना अफगानी खसेको देखियो ।

विमान भित्रको तस्वीर सामाजिक सञ्जालमा भाईरल
यस तस्वीरलाई हेरीसकेपछि अफगानिस्तानका नागरिकको अवस्थाको सजिलै अनुमान लगाउन सकिन्छ । यो तस्वीर अमेरिकी वायुसेनाको के सी-१७ (KC-17) ग्लोबमास्टरको भित्र खिचिएको हो । यस विमानमा १३४ जना मात्र मान्छे बस्ने सिट रहेको हुन्छ । तर जब विमानस्थलमा यस विमानको ढोका खुल्यो त्यसभित्र एकैछिनमा ८०० मानिस भित्र छिरे । विमानभित्र छिरीसकेका मानिसहरु कुनैपनि मूल्यमा बाहिर निस्कनका लागि तयार थिएनन । उनीहरुलाई तालिबानले मारीदिने डर थियो र मानिसहरु भित्र बाहिर न निकाल्नका लागि विमान क्रुसँग विलौना गरिरहेका देखिन्थे ।

यस्तो अवस्थामा विमान क्रु ले विमानभित्र प्रवेश गरीसकेका ८०० मानिस सहित नै विमान उडाउने फैसला गर्र्यो र विमान भित्र भएको सिट निकाल्ने निर्णय गर्यो, जस पश्चात मानिसहरु विमानको भूँईमा बसेर उडान भर्न थाले ।

विमानभित्रको भिडियो हेर्नुहोस्

समाचार एजेन्सी एएनआईका अनुसार विमानभित्र ८०० मानिस थिए । जसमध्ये ६५० अफगानी नागरिक रहेका थिए भने अन्य बाँकी विभिन्न फरक मूलुकका विदेशी नागरिकहरु थिए । यस पश्चात् उनीहरुलाई सुरक्षित रुपमा अमेरिका लगियो तर अहिलेसम्म अमेरिकी वायु सेनाको तर्फबाट आधिकारीक बयान सार्वजनिक भईसकेको छैन । सम्भवतः यती ठूलो संख्यामा एउटै विमानबाट भएको उद्दारको यो विश्वकिर्तिमान हुनसक्छ ।

यो पनि पढ्नुहोस्

रुसको दावीः अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले पैसा भरिएको हेलीकप्टर तथा चारवटा कारसहित देश छोडेर भागे

अफगानिस्तान तालिबानको कब्जामा, अशरफ गनी तथा कैंयन शीर्ष नेताहरुले छाडे देश


Loading comments...