model

सुन्दर रहने हो भने घरमै अपनाऔ यी कुरा


सुन्दर देखिन कसलाई मन हुदैन र ? मानिसले आफु सुन्दर हुनको लागी धेरै खर्च गर्ने गर्दछन । तर आफ्नै घरमा कम खर्चमा नै सुन्दर रहन सकिन्छ । आफ्नो सुन्दरताको विषयमा चिन्ता लिएर  तपाईँको दैनिक कार्य सम्पादनमा समेत असर पुगेको अनुभव पनि गरिरहनु भएको होला ।

यस्तो अवस्थामा तपाईँ अब ब्यूटी पार्लर धाएर आफूलाई सुन्दर देखाउने भन्दा पनि घरमै केही विषयमा दैनिक केही विषयमा ध्यान दिनु भयो भने तपाईँ सधैं सुन्दर र जवान देखिनुहुन्छ । तपाई सुन्दर देखिनको लागि तपाईले आफ्नो छाला तथा शरीरलाई ध्यान दिनुपर्छ । यसको ध्यान दिनको लागि तपाईँले केही विषयमा भने ध्यान दिनुपर्छ । तर, यसको लागि तलका ५ विषयलाई भने दैनिक रुपमा पालना गर्नुपर्नेछ ।

१ खानामा यी विषयमा ध्यान दिनुहोस्
खानामा ध्यान दिनु सुन्दरताको लागि एकदमै महत्वपूर्ण कुरा हो । यदि तपाईँ आफू सुन्दर बन्न चाहानुहुन्छ भने तपाईँले गोरो पन तथा चमकदार छालाको लागि खानालाई बढी ध्यान दिनु आवश्यक रहेको छ । अण्डा दूध, चिकेन फ्राई तथा दाल खानको लागि नहिच्किचाउनुहोस् ।

२ आफ्नो अनुहार सफा राख्नुहोस्
आफ्नो अनुहार सफा राख्नु होस् । ता कि तपाईको अनुहारमा कुनैपनि धुलोका कारणले फोका तथा डण्डीफेरहरु आउन नपाओस् । यसका लागि कम्तिमा पनि दिनको दुईपटक अनुहार सफा गर्नुहोस् ।

३. गुलिया तथा मीठा खानेकुराहरु बढी नखानुस्
गुलिया तथा मीठा खानेकुराहरु बढी खानाले मानिसको शरीरमा रहेको छालाको रंग कालो हुँदै जान्छ । त्यसैले चिनीजन्य पदार्थ खानमा पनि कमि गर्नुपर्छ । जवान तथा सुन्दर देखिनको लागि त्यस्ता भोजन कम देखिनको लागि स्वस्थ तथा प्राकृतिक खानेकुराहरु खानुपर्छ ।

४. पानी धेरै खानुहोस्
मानिसहरु सम्झने गर्छन् कि कोल्ड ड्रिङ्स, एनर्जी ड्रिंक, चिया तथा कफी जस्ता पेय पदार्थ समेत शरीरमा पानी को कमिको पूरा गर्न सक्छ । यो सोचाई गलत हो । यसले तपाईँको छालालाई कुनैपनि प्रकारको फाइदा गर्दैन । त्यसैले हरेक विहान कम्तिमा २ लिटर पानी पिउनुहोस् । यसले तपाईको छालालाई सधैं चिल्लो र गोरो बनाई राख्छ ।

५ धुम्रपानबाट टाढा रहनूस्
धुम्रपान धेरै सेवन गर्ने मानिस छिटो बुढो भएजस्तो देखिन्छ । उसको उमेर जस्तो सुकै भएपनि उ आफैंमा बुढेसकाल लागिसकेको जस्तो देखिन्छ । त्यस्तैले सुन्दर बन्नुछ भने यस्ता पदार्थ सेवनबाट टाढा रहनुहोस् ।


Loading comments...