IPL 2019: मलिङ्गाको अंतिम बलमा मुम्बई इण्डियन्स १ रनले बिजयी


साँसै रोक्किने खेलमा चेन्नई सुपर किंग ले १ रनको हार बेहोरेको छ । ब्याटिङमा आक्रामक हुन नसकेको मुम्बई इण्डियन्सले आफ्नो बलिङ स्पेलमा आक्रामक बलिङको प्रदर्शन गर्दै इण्डियन प्रिमियर लीग (IPL) को १२ औं सिजन को फाइनल खेलमा धोनीको टोली चेन्नई सुपर किंग्सलाई हराउँदै टुर्नामेन्टको ट्रफि आफ्नो नाम गरेको हो ।


हैदराबादको राजीव गान्धि इन्टरनेशनल रङ्गशालामा खेलिएको फाइनल खेलमा पहिले ब्याटिङमा ओर्लिएको मुम्बई इण्डियन्सको टोलीले ८ विकेट गुमाएर केवल १४९ रन बनाएको थियो । जवाफमा चेन्नई अन्तिम् ओभरको अन्तिम् बलसम्म १४८ रन मात्र बनाउन सक्यो । यसकासंगै मुम्बई इण्डियन्स ४ पटक IPL मा बिजयी हुने पहिलो टोली पनि बनेको छ ।


मलिङ्गाले अन्तिम् ओभरमा ७ रन खर्चिंदै २ विकेट लिए । जसमा दोश्रो विकेटको रुपमा अन्तिम् बलमा गतियूक्त योर्करमा सर्दूल ठाकूर निरिह देखिए, बल सिधै उनको देब्रे खुट्टामा लाग्यो र त्यो एम्पायरको औंला उठन काफी थियो, ठाकुर LBW आउट भएसंगै मुम्बई ईण्डियन्सले जित दर्ता गर्यो ।


Loading comments...