IPL मा सन्दिपले लिए २ महत्वपूर्ण विकेट, पंजाबले दिल्लीलाई दियो १६७ को लक्ष्य


विश्व क्रिकेटका स्टार खेलाडी सन्दिप लामिछानेले दिल्लि क्यापिटल्सका तर्फबाट २०१९ को IPL अन्तर्गत किंग्स ११ पन्जाबबिरुद्ध आफ्नो दोश्रो खेल खेलिरहेका छन् । दिल्लिको तेश्रो तथा आफ्नो पहिलो ओभर बलिङ गर्न ओर्लिएका सन्दिप लामीछानेले ४ बलमा छक्का लगाएका ओपनर साम करणलाई ५ औं बलमा LBW गरेका हुन् । भने चौथो ओभरमा ६ चौकाको सहयोगमा ३९ रनको व्यक्तिगत स्कोरमा खेलीरहेका सरफराज खानलाई विकेटकिपर ऋषभ पन्तमार्फत क्याच आउट गराउन सफल भए ।

बाउण्ड्री अनुरुप दुईवटा छक्का मात्र उनको बलमा किंग्स ११ ले लगाउन सक्यो जसमा ७.७५ को औशतमा सन्दिप २७ रन खर्चिएका छन् । टस हारेर ब्याटिङ्गको निम्तो पाएको किंग्स ११ पन्जाबका मन्दिप सिंहले रबाडाको अन्तिम् ओभरको अन्तिम् बलमा ६ रन बजाएसंगै दिल्लीलाई जीतका लागी १६७ रनको लक्ष्य पस्किएको छ ।


Loading comments...