मंगल ग्रहमा हेलिकोप्टर उडाइँदै !


बीबीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउँदो अप्रिलको पहिलो साताभित्र मंगल ग्रहमा हेलिकोप्टर उडाउने भएको छ । नासाले गएको महिना मंगल ग्रहमा अवतरण गरेको पर्सिभेरेन्स रोभरमार्फत लगिएको सानो आकारको हेलिकोप्टर उडाउन लागेको हो ।

१.८ केजी तौलको उक्त हेलिकोप्टरले कम हावा भएको मंगल ग्रहमा छोटो–छोटो उडान गर्ने अपेक्षा गरिएको छ । उडान सफल भएमा यस प्रयासले ‘राइट–दाजुभाइको काम’को प्रतिनिधित्व गर्ने नासाले जनाएको छ । सन् १९०३ मा वोरविल र विल्भर राइट दाजुभाइले पहिलोपटक पृथ्वीमा हेलिकोप्टर उडाएको प्रसंगसँग नासाको कदमलाई तुलना गरिएको हो ।

उक्त हेलिकोप्टरले फोटो र सम्भव भएसम्म भिडियोहरु पनि खिच्ने नासाका वैज्ञानिकहरुले जनाएका छन् ।


Loading comments...