157 जना यात्रु रहेको इथियोपियन एयरलाइन्सको बिमान दुर्घटना
अफ्रिकी देश इथोपियाबाट केन्यातर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सका यात्रुबहाक बिमान दुर्घटना भएको छ। इथोपियाका राजधानी अदिस अबाबबाट नौरोबी जाँदै गरेको सो विमानमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
बोइङ 737 विमान स्थानीय समय अनुसार आइतवार 8:44(0638 GMT) बजे दुर्घटनाग्रस्त भएको थियो ।
इथोपियाका प्रधानमन्त्रीले ट्विट गर्दै बिमान दुर्घटना भएको पुष्टि गरेका छन्। सो विमान कुन स्थानमा दुर्घटना भयो र यात्रुहरुको अवस्था के कस्तो रहेको छ भन्ने बारे अहिलेसम्म केही खुलेको छैन।