ट्विटरले प्रयोगकर्तामाथि ल्यायो नयाँ नियम
सामाजिक संजाललाइ प्रयोग गरेर नकारात्मंक खवर फैलाउन माद्द्त गरेको कारण माइक्रो ब्लगिङ साइट ट्विटरले प्रयोगकर्तामाथि नयाँ नियम ल्याएको छ ।
ट्विटरको सुरक्षा टीमले नकारात्मक सन्देश नियन्त्रण गर्नका लागि नयाँ नियम ल्याएको हो ।
नयाँ नियमअनुसार प्रयोगकर्ताले एक दिनमा ४ सयभन्दा बढीलाई फलो गर्न पाउँदैन । यसअघि एउटा ह्याण्डलबाट एक दिनमा बढीमा हजार जनालाई फलो गर्न मिल्थ्यो ।
ट्विटर सेफ्टीले भनेको छ, ‘फलो, अनफलो, फलो, अनफलो कसले गर्छ यस्तो ? स्पामर्स । त्यसैले हामीले एक दिनमा फलो गर्न मिल्नेको संख्या १००० बाट ४०० मा झारेका छौं । चिन्ता नलिनुस् । तपाईं ठीक हुनुहुनेछ ।’
Follow, unfollow, follow, unfollow. Who does that? Spammers. So we’re changing the number of accounts you can follow each day from 1,000 to 400. Don’t worry, you’ll be just fine.
— Twitter Safety (@TwitterSafety) April 8, 2019