
कर बढाइदेऊ
७ मंसिर २०७५, शुक्रबार ०५:४९
यति ले त कहाँ हुन्छ सरकार अझै बढि कर बढाइदेऊ
दुख पसिनाले तिर्छौ बरु नेताको भत्ता अनि रहर बढाइदेऊ
संघियताले मात्र हुन्न जस्तो लाग्छ भने हजुरलाई,
अझै टुक्र टुक्रा पार्नु यो देश दुई चारवटा नयाँ सहर बढाइदेऊ
देश चलाउन कहिलेकाहि पैसा नपुग्न सक्छ,
लाज नमानी माग्नु सकिएन भन्दै ठुला देशसगँको निर्भर बढाइदेऊ
जानै पर्छ युवा शक्ति विदेश अनि ल्याउछन डलर ,
त्यसैले रोजगार होइन विदेसिने युवाको दर बढाइदेऊ
नेतालाई टाउको दुखे मलेसिया, पेट दुखे सिगापुर जता लाने हो लैजाउ,
जसोतसो तिछौ नडराई बढाउन मिल्ने कुराहरु हर बढाइदेऊ
यति ले त कहाँ हुन्छ सरकार अझै बढि कर बढाइदेऊ
-सुबास भण्डारी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर
काठमाडौं । बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय