
BREAKING | मुख्य अपरेशनमा अमेरिकाद्वारा आईएसआएस – ISIS नेता अल बग्दादी मारिए
१० कार्तिक २०७६, आईतवार १२:००
अमेरिकी सेनाको ३ जना मुख्य अधिकृतहरुलाई उद्धत गर्दै डेलीहनट मेलले सिरियामा अमेरिकी सेनाले गरेको एउटा टप अपरेशनमा कुख्यात आतंकवादी संगठन ईस्लामीक स्टेटका अबु बकर अल बग्दादी मारिएको लेखेको छ ।
अमेरिकाको विशेष सेनाको टुकडीको कारवाही उत्तरी सिरियाको ईदिव भन्ने स्थानतर्फ हुँदा बग्दादी मारिएको बताइन्छ, थप पहिचान र जानकारी भनें खुलाइएको छैन । ईदिवमा अमेरिकी सेनाको आधार छैन र पहिले भएर हटाइएको ठाँउ पनि हैन, ईदिव वहुसख्यक अल कायदा र अन्य आतंकवादी संगठनको गढ भएको ठाँउ हो । राष्ट्रपति वसारको सेनाले यस ठाँउलाई जिहादिस्तहरुबाट मुक्त बनाउन चाहेको र वसारको सेनाको धेरै प्रयासका बावजुद पनि ईदिवलाई नियन्त्रणमा लिन सकिएको छैन ।
आइतवारका दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकक्षवाटै बग्दादीको मृत्यूको पुष्टि गरिएको जाहेरी निकालियो, राष्ट्रपति ट्रम्पको टुवीटमा पनि भर्खरै केहि ठूलो कुरा भएको छ भनी लेखिएको थियो । ओसामा विन लादेन पछिको यो सबैभन्दा ठूलो आतंकवादी नेतृत्व मारिएको घटना हो ।
वग्दादी सन् १९७१ मा ईराकको समारामा जन्मिएका हुन्, सन् २०१४ मा यिनलाई शुरा काउन्सीलले ईस्लामीक स्टेटको मुख्यमा नियूक्त गरेको हो । सन् २०१६ बाट अमेरिकाले २५ मिलयन डलर ईनाम राखेको यि बग्दादीलाई संयूक्त राष्ट्र संघ र यूरोपियन यूनियन दुबैले आतंकवादी सूचीमा राखेको थियो ।
यिनलाई यूनिभरसीटी अफ वग्दादले मानार्थ डाक्टरेटको उपाधी दिएको बताइन्छ, यिनको अध्ययन चाँही ईस्लामीक यूनिभरसीटी अफ वग्दादवाट ईस्लामीक कानुन विषयमा भएको देखिन्छ ।
यस विषयमा वग्दादीले बिए, एमए र पिएच डी गरेको देखिन्छ, यी तथ्यहरु सन् २०१४ मा इन्टरनेटमा लिक भएको एक्ट्रीमिस्टहरुको बायोग्राफीमा भएको पाइयो ।
—
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन