
आज उनलाई निकै अर्को देखे
८ मंसिर २०७५, शनिबार २२:४८
धेरै पछि भेटे आज उनलाई निकै अर्को देखे
पहिले भन्दा उनको ओठमा मुस्कान अलिक चर्को देखे
छागाबाट खसेजस्तो भए त्यसबेला म साँच्चै ,
जब उनको घाटीमा मंगलसुत्र निधारमा सिन्दुरको धर्को देखे
सम्झीए ति पुराना दिनहरु सँगै सुन्दर संसार सजाउ भन्ने,
तर आज अचानक उनलाई अकैको घरको देखे
म भनेपछि सबै कुरा भुल्छु भन्ने उनलाई,
आज मसँग बोल्दा लागेको त्यो झर्को देखे
मरो थर उनको नाममा निकै सुहाउछ भनथिन,
आज मेरो अगाडि उनलाई अर्को कुनै थरको देखे
-Subash Bhandari
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन
डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी
काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।