
बैशाख १२ को कालो रात
९ मंसिर २०७५, आईतवार २३:५७
सुख दुखमा मलाई उनको सदा साथ थियो
जिन्दगीका प्रत्येक खुसीमा उनको हात थियो
निकै सुन्दर थियो संसार हाम्रो मायाको,
जहाँ रमाइलो भविष्यको मिठो मिठो बात थियो
हाम्रो खुसी सदाको लागि रहन सकेन,
उनलाई टिपी लग्यो दैबले समय बैशाख १२ को कालो रात थियो
जब सुने उनी धरहरा वरपर कतै परिन भन्ने,
आत्तिएर म जादा त्यहाँ लासहरुको ठुलो खात थियो
डराई डराई खोज्न थाले उनलाई म रोकियो मेरो धडकन,
जब एउटा हात देखे त्यहाँ हाम्रो मायाको औठी सौगात थियो
झम्टिएर उनको लासलाई रोइरहे म,
त्यही नै उनीसँगको मेो अन्तिम साथ थियो
केही पलमै मो सबै सपना चक्नाचुर भए,
त्यसदिन दैबले मलाई दिएको ठुलो घात थियो
Subash Bhandari
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर
काठमाडौं । बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय