
समयको उडान
११ मंसिर २०७५, मंगलवार १०:३६
उसका अाँखा त्यो चौउरतिर ,
खेलिरहेका मुहारहरु हेरिरहन्छ,
बलको पछाडि दौडिरहेका पैतालाहरु,
रुखका हाँगा समाउन तन्किएका हातहरु,
उ देख्छ हावासँगै बग्ने ति चञ्चल पातहरु
विहानको सुन्दरतामा मनिङ्ग वाल्क गर्नेहरुको जमातहरु,
उ हास्ँछ जब कुनामा हाँस्दै योग गर्ने तर्फ नजर पुग्छ ,
सबै रमाइरहेको अनि खुसी देख्दा उ पनि रमाउछ ,
उडिरहेको चरालाई हेर्छ अनि उडान भर्न शुरु गरिरहेका बच्चाहरु,
उ एउटा यात्रा देखिरहेछ, एउटा कथा लेखिरहेछ,
उ देखिरहन्छ स्वतन्त्रता, आत्मविश्वास अनि जिन्दगी
समयको उडान अनि अवर्तरणलाई निहालिरहन्छ
बल खेलिरहदाँ एउटा सानो बालक लड्छ , तब
उ उठ्न खोज्छ, सायद उसको ह्बिलचियरले उसलाई
उठ्न खोजेको रुचाउदैन तानिरहन्छ आफै तिर ….

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो
काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन