suvash ghmire

“यादहरु”


पिडाको एक अंश
तिम्रो नजरको
एक बिछिप्त कुनाबाट
निर्धक्क संग
ओरालो झर्छ ,
लुप्त भाव
नचाहादै नचाहादै पनि
धैर्यताको
लक्ष्मण रेखालाई
फुर्तीसाथ नाघ्दै
उदासिनताको गिरिमा
बिजय झण्डा लहराउछन ।।
नसोचेका क्षण
नचाहेका सप्न

छेउ छाउमा
मुस्कुराउदै
फूलेका काडाहरु
लाग्दैछ
गिज्याउदै
वसन्त कुरिरहेका छन
सोच्दिन भुल्दिन
साघुरा यादहरु
असारे भेल झैँ
खहरे झै
न आएका हैनन
तर
लाग्यो दृश्य पात्र झैँ
रंग उडेका चित्र झैँ

साथमा बर्षौ बर्षको मौन व्रत ।।
सोच्दैछु
संध्याकालमा
एक सम्झनाको प्रदेशमा
जून संग मितेरी लगाउन
वसन्तका साथ
तिम्रो छवि अगाल्दै
सुस्त डैड्ने अप्सराहरु को हुल
तर
भुल महान भुल
देख्छु बिछिप्द रुपमा
आफू आफै देखि नै
कतै टाढा
भाचिएको गुलाफ झैँ
उडेका पात पतिंगर झैँ
जिन्दगी देखि टाढा धेरै टाढा

मृत्यु सम्मका यात्रा
टुट्दै,फुट्दै
देक्छु उही शुन्यता बिच
समय ग्रुजिरहेको
नजिक जान्छु पाउछु
जड मात्र जड
संगै स्मृति पटमा
सुस्तरी
फर्फराई रहेका सलहरु
छाम्छु
जहाँ
ताजा यादहरु
मायालु प्यारो स्पर्श

एक मीठो सुगन्ध
गुट्मुटिएका ।।

– सुवास (२०६३/११/१ मंगलबार)


Loading comments...