Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

मायाको एक बिशाल ताज सुम्पौला

११ मंसिर २०७५, मंगलवार २१:५२

तिमीलाई मायाको एक बिशाल ताज सुम्पौला
कयौ सुन्दर पुर्णीमाको जुनेली साँझ सुम्पौला

म एक खुल्ला किताब तिम्रो लागि पढनु,
म भित्र लुकेका ती हर राज सुम्पौला

मेरो सारा सपनाहरु पनि तिम्रै लागि ,
अनि मनमा भएको अलिकति लाज सुम्पौला

म मा केही नरहोस बाकी कुराहरु सबै तिमिलाई ,
मेरो प्रत्येक धडकन, स्वास अनि आवाज सुम्पौला

खोला नाला, पहाड सब साची राखेर,
मेरो सर्बस्व तिमीमा प्रकृतिको माज सुम्पौला

-Subash Bhandari

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो तर त्यो कागजको कदर थिएन त्यहाँ लखर लखर एउटा अफिसबाट अर्को

गोकुलले मतिर हेर्दै भने ‘जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनु पर्ने। नयाँ कुनै कुरा देख्यो,

…अनि पात्र ‘क’ मरूञ्जेल हाँस्न थाल्यो । हाँस्ता हाँस्तै उ रून थाल्यो । रूँदारूँदै उ चिच्याउन थाल्यो । खुइलिएर केहीमात्र

सुधा रिसालको लेखन र संजीप कडेलको चित्राङ्कन रहेको “पानी पानी” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। “पानी पानी”दुई मुसा दाजुबहिनीको कथा