
शहरको व्यस्त चोकमा निकै ठुलो जाम छ आज
१२ मंसिर २०७५, बुधबार १५:०४
शहरको व्यस्त चोकमा निकै ठुलो जाम छ आज,
धुवाँ धुलो प्रदुषण त सबैको लागि आम छ आज
फुर्सद छैन सबैजना निकै हतारमा देखिन्छन,
जिन्दगीमा हाँसो रमाइलो भन्दा पनि ठुलो काम छ आज
हातमा नाम्लो लिई बसेका बाजे पनि त्यहाँ,
उहाँको चिन्ता मात्र बिहान बेलुका के खाम छ आज
कालो सिसा भएको गाडिमा एउटी महिला हर्न बजाउँदै,
उनको भने निकै ठुलो तामझाम छ आज
रमाउदै मुखमा प्लाष्टिक अनि हातमा बोरा लिएका भाईहरु,
उनिहरुलाई न त जाडो न त घाम छ आज
व्यस्त चोकको आकशे पुलमा हात समाउदै एक जोडी,
उनीहरुको इच्छा चाही खुलेर माया लाम छ आज
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर
काठमाडौं । बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय