रक्सी बनाउन छाडेर स्यानीटाइजर बनाँउदै निशुल्क बाँड्दै


अमेरिकाको कोलोराडो डिस्टीलर कम्पनी आफ्ना मदिराजन्य उत्पादनका लागि निकै प्रख्यात कम्पनी थियो तर अब त्यहाँका डिस्टीलरीमा मदिरा त बन्दछ तर पिउनका लागि नभई हात धुने स्यानीटाइजर बनाउनका लागि । उनीहरु यस स्यानीटाइजरलाई निशुल्क वितरण गरिरहेका छन्, कम्पनीका वोर्ड प्रेसिडेन्ट मेगन मिलरका अनुसार कोलोराडो मात्र नभएर अन्य थुप्रै मदिराजन्य उत्पादन बनाउने कम्पनीहरु अहिले स्यानीटाइजर बनाएर निशुल्क बाँढ्नका लागि अघि सरेका छन् । यो इतिहासले नभुल्ने दुख्खको घडीमा समग्र विश्ववासीलाई एकरुपमा कदम चाल्न यिनले आव्हान पनि गरेका छन् । ९१९ दशमलव ८ प्रुफ र १०० प्रतिशत इथानेल चाँही जीन बनाउन प्रयोग गरिन्छ, यि इथनोलहरु स्पीरिटहरु मकैबाट आँउछ तर हामी यि तत्वलाई जीन बनाउन नभई स्यानीटाएजर बनाउन प्रयोग गरिने मिलरले बताएका कुरा डेनभरपोष्टले छापेको छ ।
मदिरा कम्पनीहरुको व्यापारीक भविष्यको चिन्तालाई छेउ लगाएर मानवताका लागि चालेका यस्ता कदमबाट नेपाली डिस्टीलरीहरुले पनि केहि सिक्ने कि ?

लाइभमाण्डु


Loading comments...