
नेपाली आकाशमा देखिएको दृश्यबारे नासोले मध्यरात जारी गर्यो विज्ञप्ती
१४ चैत्र २०७६, शुक्रबार १०:४५
आज साँझ करिब ८ बजेतिर नेपाली आकाशमा केहि चम्किलो बस्तु संगसंगै आवाज नि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको र प्राप्त सुचनाको आधारमा प्ररम्भित अनुमान स्वरुप उक्त बस्तु उल्कापिण्ड हुने सक्ने आधार रहेको कुरा जानकारी गराउन चाहन्छौं। नेपालका विभिन्न स्थानबाट प्राप्त जानकारीलाई मनन गर्दा, उक्त उल्का पिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने अनुमान गरिन्छ। थप अनुसन्धानको लागि गण्डकी प्रदेशकालै आफ्नो वरपर केहि घटना भए नभएको हामीलाई सूचना दिनु हुन अनुरोध छ।

अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी
उक्त बस्तु उल्कापिण्ड भए जहाँ खसेको हो त्यहाँ क्षति हुन्छ नै साथै धेरै जनाले आवाज सुनेको विवरण हामीलाई पठाउनु भएकोले सबै भन्दा ठुलो आवाज सुनिएको ठाउँतिर नै खसेको हुने हुनाले जानकारीको लागि अनुरोध गर्दछौं। साथै तपाईसंग त्यस्तो केहि तस्बिर वा विडियो भए हामीलाई पठाई थप अनुसन्धानमा सहयोग पुर्याउनु हुन हार्दिक अपिल गर्न चाहन्छौं। हाम्रो टोलीले प्राप्त सूचना तथा घटनाको अनुसन्धान थालिसकेको छ।
हामी यस बारे विश्वभर छरीएर रहेका अन्तरिक्ष विज्ञान सम्बन्धि क्षेत्रमा सक्रिय वैज्ञानिकहरुसँग हामीले छलफल गरिरहेका छौं । प्राप्त जानकारीहरुलाई अपडेटको रुपमा हामी थप सामाग्री जारी गर्नेछौं । नेपाल एष्ट्रोनोमिकल सोसाईटी प्रति यहाँहरुले देखाउनु भएको विश्वासको लागि आभार प्रकट गर्न चाहन्छौं।
धन्यवाद!
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत