ट्रम्पले अन्तत कार्यकारी निर्देशमा गरे हस्ताक्षर, टिक-टक, वि-च्याट जस्ता एपलाई पर्नसक्छ अप्ठेरो


अमेरिका, २४ साउन, २०७७ । संयुक्त अधिराज्य अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार एक कार्यकारी निर्देशमा हस्ताक्षर गरेका छन् । त्यस कार्यकारी निर्देशमा अमेरिकीहरुलाई ४५ दिनभित्र चिनियाँ एप्लिकेशनहरुबाट कारोबार रोक्नका लागि आग्रह गरिएको छ । तपाईंलाई यो पनि जानकारी रहोस् की टिक-टकको अमेरिकी अप्रेशन खरिद गर्ने प्रक्रियामा माइक्रोसफ्ट लागेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यो कदमको पछाडी राष्ट्रीय सुरक्षाको कारण बताएका छन् । यस घटनाले वी-च्याटको पेरेन्ट कम्पनी टेनसेन्टको अमेरीकी अप्रेशनमा समेत शंका उत्पन्न गर्दछ । टेन्सेन्ट संसारकै सबैभन्दा धनी कम्पनिहरुमध्येको एउटा हो जसले इन्टरनेट गेमिङ प्लाटफर्ममा अग्रणी रहेको छ ।

अमेरिकाले गत साता घोषणा गरेको प्रतिबन्धहरुका कारण टेन्सेन्टको शेयर मूल्य खस्किने श्रृंखला चलिरहेको छ । हङकङमा टेन्सेन्टक शेयर १० प्रतिशतले ओरालो लागेको छ भने बजार पूजीकरण अनुसार कम्पनीले ५० अर्ब डलरको ठूलो नोक्शानी बेहोर्नुपरेको छ । अन्य एशियाली बजारहरुमा पनि केही न केही शेयर मूल्य ओरालो लागेकै छन् । लगानीकर्ताहरु दुई ठूला आर्थिक शक्तीहरुबिचको बढ्दो तनावका कारण चिन्तित देखिन्छन् । सम्भावित आक्रामक ब्यापार युद्ध नै उनीहरुको चिन्ताको विषय हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जारी कार्यकारी निर्देशमा भनेका छन्, “टिक-टकले स्वतः आफ्नो प्रयोगकर्ताको धेरै जानकारीहरु संकलन गर्ने गर्दछ । जसमा इन्टरनेट तथा ठेगानासँग सम्बन्धीत जानकारीहरु लगायत ब्राउजिङ एवम् सर्च हिस्ट्री जस्ता नेटवर्क सम्बन्धी गतिविधिहरु शामेल छन् ।” त्यसमा भनिएको छ कि चीनले त्यसरी संकलन गरिएको डाटाहरुको उपयोग अमेरिकी सरकारी कर्मचारीहरु तथा ठेकेदारहरुको ठेगाना थाहा पाउन तथा आफ्ना नागरिकहरुलाई ब्ल्याकमेल गर्न तथा अन्य कम्पनीहरुको जासूसी गर्नका लागि प्रयोग गर्नेछ ।

यता चीनले अमेरिकी राष्ट्रपति ट्रम्पले चालेको यो कदमको आलोचना गरेको छ । चीनले यो कदमलाई “मनोमानी राजनीतिक हेरफेर तथा दमन” को संज्ञा दिएको छ भने “अमेरिकी उपयोगकर्ताहरु तथा कम्पनिनीहरुलाई यसको बोझ उठाउने पर्नेछ” भन्ने आशयको प्रतिक्रिया जनाएको छ ।

अगस्टको पहिलो दिन नै अमेरिकी राष्ट्रपति ट्रम्पले सम्भावित कार्यकारी निर्देश जारी हुनसक्नेबारे जानकारी सार्वजनिक गरेका थिए ।

सम्बन्धीत समाचारः

अमेरिकी राष्ट्रपति ट्रम्पले २४ घण्टाभित्र Tik-Tok बन्द गर्नसक्ने, प्रविधिमार्फत् चीनमाथी अमेरिकाको ठूलो एक्शन


Loading comments...