
मैले देखेका यि दुई तस्बिर
१८ मंसिर २०७५, मंगलवार १५:१७

मैले देखेका यि दुई तस्बिर
पहिलो तस्बिर हाँसो भरिएको,
मुहारमा खुसीयाली छरिएको
ल है आयो देशमा नयाँ युग भन्दै,
व्यापक प्रचार प्रसार गरिएको
दोस्रो तस्बिर दुख भरिएको
न्याय नभेटिएको बिलौना छरिएको
सरकार भेटियो तर न्याय भेटिएन
भन्दै हार गुहार गरिएको
समृद्धिका कुरा हुदै गर्दा,
न्यायका लागि रुदै गर्दा
ती तस्बिर देख्दा लाग्छ खै,
म नयाँ युगको खुसी मनाऊ,
वा बिरोधको चर्को बोली बनाऊ ।
कही तस्बिरमा उत्सवका कुरा छन्,
कुनै तस्बिरमा भने न्याय अधुरा छन् ।
हो आजभोलि तस्बिर बोल्दैछन्,
एउटै समयमा बिपरित कुराहरु,
कतै उत्सब, कतै पिडा
च्यातिएका तस्बिरहरु अनि च्यात्न नसकिने मागहरु,
घटना लुकाउन भएका भागम भागहरु
सबै देख्दैछु यि दुई तस्बिरमा
एकमा खुसी अर्को पिरमा …………….
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर
काठमाडौं । बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय