Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा निधन, ब्रेन सर्जरी लगत्तै थिए ‘डिप कोमा’मा

१५ भाद्र २०७७, सोमबार २०:२८

भारत, १५ भाद्र, २०७७ । भारतका पूर्व राष्ट्रपति तथा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’द्वारा विभूषित प्रणब मुखर्जीको आज सोमवार ८४ वर्षको उमेरमा निधन (Former Indian President Pranab Mukherjee passed away) भएको छ । वहाँले दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा अन्तिम् सांस लिए । वहाँको छोरा अभिजीत मुखर्जीले ट्वीट गर्दै मृत्युको पुष्टि गर्नुभएको हो ।

१० अगष्टका दिन बाथरुममा टाउको ठोक्किएर उपचारका लागि अस्पताल लगिएका मुखर्जीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा राखेर उपचार थालिएको थियो ।

टाउको ठोक्किदाँ मगजमा जमेको रगतको ढिक्का निकाल्न गरिएको ब्रेन सर्जरीको जटिलतासँगै कोरोनाभाइरसको संक्रमणले थलेका उनलाई सघन उपचार कक्ष (ICU – Ventilator) को भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

सन् २०१२ जुलाइदेखि २०१७ सम्म भारतको १३ औं राष्ट्रपतिको रुपमा थिए सक्रिय
भारतीय काँग्रेसको कद्दावर नेताहरुमा चर्चित रहेका प्रणब मुखर्जीलाई गतवर्ष नै मोदी सरकारले भारतको सर्वोच्च नागरिक सम्मानको रुपमा परिचित ‘भारत रत्न’बाट विभूषित गरिएको थियो । सन् २०१२, जुलाइदेखि २०१७ को जुलाइसम्म भारतको १३ औं राष्ट्रपतिको रुपमा सक्रिय भएका थिए । भारतीय काँग्रेसका दिग्गज नेताको रुपमा परिचित मुखर्जी सन् २०१८ मा राष्ट्रिय स्वयंसेवक संघको मुख्यालय नागपुरमा सम्पन्न एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुनुभएको थियो । जसका कारण भारतीय काँग्रेस झस्किएको थियो ।

मुखर्जीले अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकको बोर्डमा रहेर समेत काम गरिसकेका छन् । भारतको १३ औं राष्ट्रपति हुनुअघि मुखर्जी भारत सरकारको अर्थमन्त्रालय, रक्षामन्त्रालय तथा परराष्ट्रमन्त्रालयहरुमा मन्त्रीजस्तो महत्त्वपूर्ण पदमा रहेर जिम्मेवारी सम्हालेका थिए ।

सन् १९६९ मा भारतीय काँग्रेसमार्फत् राखे राजनीतिमा कदम
१ डिसेम्बर १९३५ को पश्चिम बङ्गालको वीरभूम जिल्लाको मिराती गाउँमा जन्मिएका प्रणब मुखर्जी ले सन् १९६९ मा काँग्रेसको माध्यमबाट राजनीतिक दुनियामा कदम राखेका थिए । त्यही वर्ष नै उनी भारतको राज्यसभामा चुनिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका विश्वासपात्र सहयोगिहरुमा रहेका थिए । त्यस बाहेक वहाँ १९७५, १९८१, १९९३ तथा १९९९ मा भारतीय राज्यसभाका लागि उनी फेरी चुनिएका थिए । यस बाहेक उनी सन् २००४ तथा २००९ मा पश्चिम बङ्गालको जंगीपुर क्षेत्रबाट २ पटक भारतको लोकसभाका लागि चुनिएका थिए ।

तस्वीरः ‘Twitter’

२३ वर्षसम्म भारतीय काँग्रेसको सक्रिय कार्य समितिमा रहनुभएका वहाँ मिलनशार स्वभावको शान्त तर गलतलाई गलत तथा सहीलाई सही बोल्नसक्ने नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।

सन् १९८६ मा बनाए बेग्लै पार्टी, ३ वर्ष पश्चात् पुनः भारतीय काँग्रेसमा फर्किए
एक किसिमले सन् १९८४ मा इन्दिरा गान्धीको हत्या पश्चात मुखर्जी आफूलाई भारतीय काँग्रेसमा अलग-छुट्टिएको जस्तो महसूस गर्न लागेका थिए । तथा सन् १९८६ मा राजीव गान्धीसँग भएको राजनीतिक मतभेद पछि उनले नामको एउटा नयाँ पार्टी बनाएका थिए । तर, ३ वर्ष पछि उनको फेरी भारतीय काँग्रेस मा आगमन भयो र उनको पार्टी ‘राष्ट्रीय समाजवादी काँग्रेस’ भारतीय काँग्रेसमा विलय भएको थियो ।

प्रधानमन्त्री पदका बलिया दावेदार थिए मुखर्जी, सोनिया गान्धिलाई राजनीतिमा ल्याउने श्रेय
प्रणब मुखर्जीको गन्ती गान्धी परिवारको नज्दिकी तथा विश्वासिला नेताहरुबिच हुने गर्थ्यो । सोनिया गान्धीलाई मनाएर राजनीतिमा ल्याउने श्रेय पनि प्रणब मुखर्जीलाई नै जान्छ । सन् २००४ मा जतिबेला सोनियाले प्रधानमन्त्री बन्न अस्विकार गरेकिथिइन तथा मनमोहन सिंहलाई प्रधानमन्त्री पदका लागि अगाडी सारेकी थिइन, त्यतिखेर सोनियाको उक्त निर्णबाट भारतीय राजनीतिक पण्डितहरुलाई हैरान बनाएको थियो । त्यो निर्णय त्यतिखेर आयो जतिबेला प्रणब मुखर्जी प्रधानमन्त्री पदका सशक्त दावेदार थिए । मनमोहन सरकारमा सन् २००४ देखि २००६ सम्म वहाँले रक्षामन्त्री, सन् २००६ देखि २००९ सम्म विदेशमन्त्री तथा सन् २००९ देखि २०१२ सम्म वहाँले अर्थमन्त्रीको जिम्मेवाही सम्हाल्नुभएको थियो । सन् २०१२ मा वहाँ भारतको १३औं राष्ट्रपति बन्नुभएको थियो ।


भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था सम्बन्धमा प्रथम पटक सार्वजनिक सामाग्री

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले