
‘हेट-स्पीच’का कारण फेसबुकले बन्देज लगाएका भारतका एक नेता
काठमाण्डौ, २० भाद्र, २०७७ । आजभोलीको पपुलीस्ट राजनितिमा ‘हेट-स्पीच’को प्रखर भूमिका रहँदै आएको छ, सबैलाई संगाल्ने भन्दा कुनै समूदाय विशेषलाई मनपरि गाली गर्ने र भड्काउ भाषण, मेम या स्टेटसको खेतीसँगै फेसबुक यी कुराहरुमा संवेदनशील पाइएको हो । भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका गन्नेमान्ने नेता टि राजा सिंह, भाजपाका कानुन तथा नीती निर्माता पनि हुन्, भर्खरै सिंहलाई फेसबुकले पेजमा बन्देज लगाएको छ ।
राजा सिंहले पटकपटक आफ्नो भाषणमा म्यानमारमा रोहिंगिया शरणार्थीहरु र त्यस समूदायका सबैलाई मारिदिनुपर्दछ भन्ने तर्क राखेका थिए । सिंहले भनें एफपीलाई फेसबुक बिरुद्ध र फेसबुकको हिन्दुत्व विरोधी कदमका लागि मुद्धा हाल्ने समेत बताएका छन्, तर सिंहको भड्काउ सामाग्रीका लागि फेसबुकले भनें पटकपटक यिनलाई डेन्जर सूचीमा राखेको र जनाउ पनि दिएको बताएको छ ।
सिंहका अनुसार फेसबुकको यो कदम भाजपा विरुद्धको षडयन्त्र हो । भारतीय राजनैतिक रणभूमिमा फेसबुकको प्रशोधन र डाटा सम्पादन निकै बिवादमा परेको छ, विशेषत भाजपाको डिजीटल मिडिया अभियानमा फेसबुकको ठूलो योगदान भएको बताइन्छ । आखिर भन्ने हो भनें फेसबुकको सबैभन्दा ठूलो बजार भनेंकै भारत हो, एकैदेशका यतिधेरै प्रयोगकर्ताहरु भारत बाहेक अन्य कुनै देशमा फेसबुक प्रयोकर्ताहरुको पाइदैन ।
वाल स्ट्रीट जर्नलले भर्खरै फेसबुकले मुसलमान विरोधी प्रतिक्रिया नहटाएको भनी भविष्यमा फेसबुको बिजनेस इन्टरेस्टमा नै तलमाथि पर्न सक्ने आशय पनि दिएर प्रकाशन गरेको समाचार पछि फेसबुकले यो कदम लिएको बताइन्छ । भारतको अपोजीशन पार्टी काग्रेसले भने फेसबुक र भाजपा बिच व्लासफेमी अर्थात धर्मबिरोधी समन्वय छ भनी आरोप लगाउँदै आएको छ ।
यसै हप्ता भारतका सञ्चार मन्त्री रवी शंकरले फेसबुकका मार्क जुकरवर्गलाई फेसबुक सुस्तरी मोदी र भाजपा बिरुद्ध गएको भनी पत्राचार पनि गरिसकेको बताइन्छ ।
राजा सिंहले त रोहिंगियाहरुलाई मार्नै पर्ने र आफ्नो तेलाङ्गना राज्यमा त रोहिंगिया फेला परेमा एकएकलाई मारिदिने भनेर भिडियो लगायतका सामाग्री प्रेषित गरेका थिए । यसका साथै बिहिवारका दिन ट्वीटरले पनि भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर अकाउण्ट ह्याक भएको कन्फर्म गरेको थियो, ह्याकपछि क्रिप्टोकरेन्सी प्रयोग गरेर अनुदान गर्न भनि भारतीय प्रधानमन्त्री मोदिको ह्याण्डलबाट ट्वीटहरु भएका थिए पछि ट्वीटरले उक्त ट्वीटहरु हटाएको थियो ।
Twitter confirmed that a page which is linked to an account of Prime Minister Narendra Modi’s personal website was hackedhttps://t.co/KrrFsqcXo7
— Hindustan Times (@htTweets) September 3, 2020