सार्क राष्ट्रका विदेशमन्त्री स्तरिय वार्ता सम्पन्न


भारत । भारतका एक्सटर्नल अफेयर मन्त्री एस जयशंकरले सार्क राष्ट्रका देशहरुका लागि क्रस वोर्डर टुरिज्म ठूलो चुनौती भएको बताएका छन्, विशेषत दक्षिण एसियाली देशहरु सामाजिक अनि राजनैतिक रुपमा अत्यन्त निकट भएतापनि क्रस बोर्डर पर्यटन चाँही अहिलेसम्म पनि ठूलो चुनौति रहेको उन्को ठम्याई छ ।

संयूक्त राष्ट्र संघको महासभाको अगाडि सार्क राष्ट्रका विदेश मन्त्रीहरुको भर्चुअल कन्फरेन्समा जयशंकरले सार्कको क्षेत्रीय महत्व बढाउन क्रस वार्डर पर्यटनलाई सम्वोधन गरिन पर्ने कुरा बताएका हुन् । उन्का अनुसार क्रस वोर्डर पर्यटन, कनेक्टीभीटीको तगारो अनि सार्क राष्ट्रहरु बिचको ब्यापारको अफ्ठेरो सार्कलाई कमजोर र गतिहिन बनाउने ३ बुँदाहरु हुन् । यी ३ कुराहरुलाई प्रभावकारी रुपमा सम्वोधन गर्न सके दक्षिण एसियाली क्षेत्रमा शान्ति, सद्भाव र समृद्धि आउने कुरामा भारतीय पक्षबाट जोड दिइएको बताइएको हो ।

सन् २०१६ मा भारतले पाकिस्तानलाई कुटनैतिक आइशोलेशनमा राख्ने निर्णय गरेपछि सार्क थप गतिहिन भएको थियो, यूरी जम्मु र कश्मिरमा आतंवादी हमलापछि भारत पाकबिचको तनावले सन् २०१६ मा सार्कको आपसी कार्यक्रम र वार्ताहरु नराम्ररी प्रभावित भएका थिए । यस आक्रमणमा १९ जना भारतीय सिपाहीहरुको मृत्यु भएको थियो र यसका कारण सन् २०१६ मा पाकिस्तानले आयोजना गरेको सार्क समिट भारतले वोइकट गरेको थियो ।


Loading comments...