dharara

धरहराको १६औं तलाको ढलान भयाे, तीन महिनामा ढलान कार्य सम्पन्न हुने


काठमाडौं । धरहराको १६औं तलाको ढलान सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भुइँचालोले भत्काएको धरहरा अहिले धमाधम पुनर्निर्माण भइरहेको छ।नयाँ बन्दै गरेको धरहराको उचाइ करिब ७७ मिटर हुनेछ।

भुइँचालोले भत्काएको धरहरा ९ तले थियो। नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बन्दै गरेको हो ।

नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ। अहिले बन्दै गरेको धरहरा ४२ रोपनी फैलने छ भने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अब ६ तलाको ढलान बाँकी रहेको जनाएको छ। प्रधीकरणले कुनै बाधा नआए अबको तीन महिनामा ढलान कार्य सम्पन्न हुने जनाएको छ । अहिले धरहराको काम सँगसँगै टावरको प्लाष्टर, परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम चलिरहेको जनाएको छ ।

dharahara

रमेश भाइ त्यो दिन शहरबाट धुलो मात्र उडेको थियो

भूकम्पपछि शिक्षा क्षेत्रमा भएका पुनर्निमार्णका प्रयासहरु समेटिएका वेबसाइटको शुभारम्भ

 


Loading comments...