यिनै हुन् अशोक सिन्हा : उनको फ्ल्याटबाट बरामद साढे २२ किलो सुन राजस्वलाई बुझाइयो


वीरगञ्ज । पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । प्रहरीका अनुसार बरामद भएको सुन थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन राजस्वमा बुझाइएको हो । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले सुनसँगै बरामद भएको कागजपत्र पनि राजस्व कार्यालयमा बुझाएको जानकारी दिए ।

अशोक सिन्हा

प्रहरीले अनुसन्धानबाट हालसम्म भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा रहेको पत्ता लगाएको छ । प्रहरीका अनुसार फ्ल्याट नेपालमा विवाह गरेर बस्दै आएकी उनकी छोरी निवेदिका सिन्हाको नाममा छ । प्रहरीले गत शनिबार वीरगन्ज महानगरपालिका–५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद गरेको थियो ।


सम्बन्धीत समाचार

BREAKING | साढे २२ केजी अवैध सुन बरामद


Loading comments...