नरवणेको नेपाल भ्रमण : नेपाल-भारत सम्बन्धमा सकारात्मक फड्कोको स्पष्ट संकेत


काठमाण्डौ । सुमेरु पर्वतदेखि उत्तरतर्फको भारतवर्ष खण्डमा रहेका देशहरुबीचको समन्वय र सहकार्यमा भारतको सदैव ठूलो भूमिका अनि नेतृत्व रहेको छ ।

इतिहासको यस कालखण्डमा सीमा विवादका कारण नेपाल-भारत सम्बन्ध केहि धमिलो स्थितीबाट गुज्रिरहेको स्पष्ट छ, अनि त्यस धमिलोपनालाई स्पष्टता दिन र दुवै देशको गरिमामय इतिहासको मार्गचित्र तयार गर्न दुबै देशहरुबाट बराबरी कदमहरु चालिएका छन् र चालिनु पनि पर्छ । यस पृथक परिस्थतीमा भारतीय सेना प्रमुखको आसन्न भ्रमण अनि त्यसका आयामहरुलाई केवल राजनीतिक अनि पूर्वाग्रही रुपमा भन्दा पनि दुबै देशहरुको एकापसी सम्बन्धको सुद्धढिकरणका हिसाबले सोचिन जरुरी छ ।

यही नोभेम्बर ४, २०२० का दिन भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे ३ दिने नेपाल भ्रमणमा आँउदैछन् । यस भ्रमणसँगै धेरै आँखाहरु नेपाल-भारत सीमा विवादका कुराहरुलाई कसरी यस समयमा सम्वोधन गरिन्छ भन्ने विषयमा आशा लगाएर बसेका पनि छन् । नरवणेको भ्रमणसँगै मिलिटरी, सुरक्षागत अनि रणनीतिक रुपमा नेपाल-भारतको सम्बन्धले के नयाँ आयाम पाउनेछ त ? भन्ने प्रश्नहरु पनि ठडिएका छन्, यो जरुरी पनि छ ।

नरवणेले गत मे महिनामा नेपालले अरु कुनै देशको उक्साहटमा आएर लिपुलेखको बाटो भारततर्फबाट खोलिएकोमा बिरोध जनाएका थिए । यस हिसाबले पनि नरवणेको भ्रमणमा अब सीमाना मुद्दाहरुले केहि समाधान पाउला भन्ने आशा राखिनु सान्दर्भिक नै हो ।

भारतको खुफिया एजेन्सी “रिसर्च एन्ड एनालेसिस विङ” (रअ) प्रमुख सामन्त गोयलको साता अघि भएको नेपाल भ्रमण र आसन्न आर्मी चिफको भ्रमणले भारतको नेपाल प्रतिको संवेदनशीलताप्रति स्पष्ट चित्रण गरेको छ अनि यस्ता भ्रमणहरु सँगसँगै अहिले विवादमा रहेका मुद्दाहरु र नेपाल-भारत आपसी सम्बन्धका आयामहरुको संरचनागत परिकृष्तिकरणको निरन्तर अभ्यासका तथ्यहरुलाई पनि उजागर गर्नेछ ।

छिमेकी देश भारतका आर्मीका चिफ नेपाल आँउदा दौंतरी सम्बन्ध अनुरुप नेपाल आर्मीको चिफको पनि मानार्थ पदवी दिइने योजना पनि छ, नेपाल भारत मितेरी सम्बन्धमा यो एउटा नयाँ तथा हितकारी संयोग हुनसक्दछ ।

प्रस्तुतीः सुयोग ढकाल

भारतको मिलिटरी चिफ नेपाल आँउदा मिलिटरी डिप्लोमेसीको तहबाट शायद कुराहरु हुनेछ, मिलिटरी बोन्ड अनि मिलिटरी सहकार्यका कुराहरु संवादको प्राथमिक विषयवस्तुहरु हुनसक्छन् । नेपालमा बढ्दो उत्तरी छिमेकीको प्रभाव अनि भारतको सुरक्षागत इन्टरेस्टका कुराहरु पनि यस भ्रमणमा संलग्न हुनेछन् । यस अवस्थामा नरवणेको भ्रमणमा नेपाली डिप्लोमेसी र नेपाली मिलिटरी डिप्लोमेसीको पैरवी क्षमता र एजेन्डाहरुको पनि पूनरावोलोकन तथा मापन गरिनेछ ।

भारतका पूर्व आर्मी अफिसर र असाम राइफल्सका पूर्व निर्देशक लेफ्टिनेन्ट जनरल शोखिन चौहानको भनाई यहाँ उद्धृत गर्दछु; “नेपाल भारतले इतिहास, भुगोल, संस्कार र पानी बाँडेको छ र यि दुई देशका द्वीपक्षीय सम्बन्धको आधारशीला भने सदैव मिलिटरी डिप्लोमेसी रहेको छ ।”

सन् १९५० पछि चीनका नेता मोओ जिदोङले नेपाललाई चीनको ५ औंलाका रुपमा बताउँदै मेनल्याण्डसँग नेपाललाई गाभ्ने बताउँदा भारतीय सेनाले नेपाली सेनालाई पूर्नसंरचना गर्न मद्दत गरेका कुरा पनि जनरल चौहानले औंल्याएका थिए ।

छिमेकी देश भारतको सुरक्षा मुद्दाहरुमा नेपालको पोजिशन स्पष्ट गर्न र आगामी दिनहरुमा नेपालभारत मिलिटरी डिप्लोमेसीलाई थप उच्च पार्दै सीमा विवादको विषयमा पनि हुने वार्ताका लागि एउटा थ्रेसहोल्ड तयार गर्न यसपटक नेपाल र भारत सेनाबीच माथिल्लो तहमा नै कुरा हुने प्रक्षेपण कूटनीतिकवृत्तमा छ र यो वार्ता जरुरी पनि छ ।
नरवणेको नेपाल भ्रमणमा नेपाली सेनाका चिफ जनरल पूर्णचन्द्र थापा, राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम छ । भारतको खुफिया एजेन्सी “रिसर्च एन्ड एनालेसिस विङ” (रअ) प्रमुख सामन्त गोयलको सरप्राइज नेपाल भ्रमण लगत्तै नरवणेको भ्रमणले नेपाल-भारत सम्बन्धले नयाँ आयाम पाउनेछ अनि सीमा विवादको कुराहरुमा पनि प्रत्यक्ष रुपले प्रश्नोत्तरको अवसरका साथै मिलिटरी डिप्लोमेसीमा थप एउटा ईँटा थप्ने आशा गरिएको छ ।


यो पनि पढ्नुहोस

महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल?


Loading comments...