ट्रम्पका विरुद्ध खरो उत्रीएका को हुन जो बाइडेन ?


काठमाण्डौ । जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन हो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको थियो । उनी एक अमेरिकी राजनीतिज्ञ हुन् जसले सन् २००९ देखि सन् २०१७ सम्म ओबामा राष्ट्रपति हुदा संयुक्त राज्य अमेरिकाको ४७ औँ उपराष्ट्रपतिको रूपमा काम गरेका थिए । साथै उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म संयुक्त राज्यका सिनेटका रूपमा काम गरे।

उनै बाइडेन अहिले जारी चुनावमा अमेरिकी डेमोक्रेटिक दलका राष्ट्रपति पदका उम्मेद्वार भएका छन् ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले गरीन्छन ।

पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन  ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उनले चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेलेका छन् । याे कुरा उनकाे सामाजिक संजाल र उनले दिएकाे अभिब्यक्तीमा देख्न सकिन्छ ।

बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको थियो । ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहेका छन् । उनी अहिले ७७ वर्षको भएका छ । उनलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।

आधा शताब्दीमा सार्वजनिक जीवनमा सेवा गरेका बाइडेन आफ्नो सरकारको अनुभवमा जोड दिदै आफूलाई एक खतरनाक र अनिश्चित संसारमा एक स्थिर, अनुभवी नेताको रुपमा अगाडि सारेका थिए ।

कोरोनाभाइरसको संक्रमण देखापर्ने बित्तिकै उनले स्वास्थ्यकर्मी र अर्थशास्त्रीे सल्लाहमा मतदातालाई आफु नेतृत् वगर्न सक्षम नेताको रूपमा देखाउन खोजेका थिए । जसकारण उनलाई समर्थन गर्नैहरुको संख्या उत्तीकै छ ।

उनले विज्ञहरुको सुझावहरूले कोरोनाभाइरस परीक्षणहरू व्यापक रूपमा पहुँचयोग्य, र निःशुल्क बनाउन प्रमुख भुमिका समेत खेलेको थिायो । उनले भनेका छन् ‘बिरामीहरुको लागि अन्तिम खोप लिनको लागि कुनै पनि रुपमा व्यक्तीगत खर्च गर्नु पर्दैन ।’

उनले भाइरसप्रति राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको कडा आलोचना गर्दै आएका थिए । बाइडेनले ट्रम्पलाई एकदमै ढिलो प्रतिक्रिया दिए आरोप समेत लगाए थिए ।


Loading comments...