चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणकै बेला नेपाली मुस्लिमहरू किन आन्दोलित थिए?


काठमाण्डौ । चिनियाँ रक्षामन्त्री नेपालमै रहेको बेला नेपाली मुसलमानहरूले चीनविरुद्ध सडक प्रदर्शन गरिरहेका थिए। यसलाई चीनलाई नेपालमा अप्ठ्यारो रहेको अर्थमा लिन सकिन्छ। वास्तवमा चिनियाँ रक्षामन्त्री वेफेंगेले केपी शर्मा ओली र उनको सरकारका वरिष्ठ क्याबिनेट मन्त्रीहरूलाई भेट्दै गर्दा पोखरा र आसपासका पहाडी जिल्लाका मुस्लिम समुदायका युवाहरू यस हिमाली देशको सडकमा परिवर्तनका लागि चीनविरुद्ध नारा लगाईरहेका थिए । उनीहरूले शिनजियांग क्षेत्रमा उइगुर मुस्लिमहरूको नरसंहार रोक्न माग गर्दै आन्दोलनरत थिए।

नेपालको अन्य क्षेत्रका मुस्लिमहरूले विगुर मुस्लिमहरूको मानवअधिकार उल्लघनमा संलग्न भएको आरोपमा चीनबिरूद्ध केही समयदेखि आन्दोलन गर्दै आइरहेका थिए तर यो पहिलो भएको थियो जब यो सानो हिमाली देशका मुस्लिम युवाहरू वरिष्ठ चिनियाँ नेता काठमाडौं भ्रमणमा रहेका बेला सडकमा थिए।

पोखरामा ‘मुस्लिम कल्याणकारी समाज’ को नेतृत्वमा प्रदर्शनकारीहरूले प्रदर्सन गरेका थिए र चीनमा अल्पसंख्यक मुस्लिम समुदायका विरुद्ध हुने अत्याचारविरुद्ध आवान बुलन्द गरिरहेका थिए । उनीहरूले काठमाडौंमा चिनियाँ दूतावासलाई ज्ञापन पत्र पनि पठाएका थिए। नेपाली भाषामा लेखिएको उक्त ज्ञापनपत्रमा चीनको झिनजियांग क्षेत्रमा मानव अधिकार उल्लघनको निन्दा गरिएको थियो ।

ज्ञापनपत्रमा उइगुर मुसलमानहरुमाथि जारी धार्मिक उत्पीडन तुरुन्तै रोक्न, रमजानको समयमा उपवास गर्न स्वतन्त्रता प्रदान गर्न, मुस्लिम समुदायका पुरुष सदस्यहरुलाई दाह्री राख्न दिन, महिलालाई बुर्का लगाउन दिन, मस्जिदहरुमा भेला हुने स्वतन्त्रता र मस्जिदमा प्रार्थना गर्ने अनुमति दिन माग गरिएको छ।

यस अघि जमिअत उलामा ए मोरंगको नेतृत्वमा नेपालको विराटनगर र सिराहा जिल्लामा विरोध प्रदर्शन गरिएको थियो।

अमेरिकी अधिकारीहरु र संयुक्त राष्ट्रका विज्ञहरुका अनुसार चीनको शिनजियांग क्षेत्रका मुस्लिमहरुलाई “राजनीतिक पुन: शिक्षा” शिविरको विस्तारित नेटवर्कमा कैद गरिएको छ। यद्यपि चीनले नियमित रूपमा उइगुरहरू विरुद्ध जारी दुव्र्यवहारलाई अस्वीकार गर्दै आएको छ ।

संयुक्त राष्ट्रले दाबी गरेको छ कि चीनले सिन्जियाङ्ग क्षेत्रमा रहेका १० लाख भन्दा बढी उइगुर मुस्लिम र अन्य मुस्लिम समूहलाई नजरबन्दमा राखेको प्रमाण छ। सोशल मिडियामा कपाल मुण्डन गरिएको, आँखामा पट्टी बाँधिएको, सशस्त्र रक्षकहरूले घेरेको मुस्लिमहरूको भिडियोहरू बाढी नै देखिन्छ । यी भिडियोहरूले चीनको सिनजियांग क्षेत्रका विगुरबिरुद्ध भइरहेको दमनको पुष्टि गर्द्छ।

पश्चिमी देशहरूमा बसोबास गरिरहेका विगुरहरु दिनहुँ शिक्षाको नाममा निर्दोष मुसलमानहरुमाथि चीनले गरिरहेको दमनको डरलाग्दो कथा सुनाउन्छ्न । उनीहरूले चिनियाँ सशस्त्र सेनाको क्रूरताको बयान गर्छ्न जसले मुसलमानहरुलाई आफ्नै निकाले, आमालाई बच्चाहरुबाट अलग राखे । उनीहरूमाथि “पुन: शिक्षा शिविर” मा जबरजस्ती गरिन्छ जहाँ कम्युनिष्ट विचारधाराको पालना गर्न राजी हुनेहरु लाई बाच्न दिइन्छ र नहुनेलाई बेपत्ता पारिन्छ।


Loading comments...