यस्तो छ विश्वकै पहिलो उड्ने कार, जान्नुहोस् मूल्य


कुनै समय गाडी भन्नु एउटा कल्पनाको कुरा थियो । तर, विश्वमा प्रविधिले एकपछि अर्को नयाँ विकास गरेको छ । कारमा त धेरैजसो चढ्नुभएको छ । नचढे पनि देख्नु त पक्कै भएको छ ।

केही वर्षयता चर्चामा रहेको कारको पछिल्लो रुपमा उड्ने कार हालै बजारमा उपलब्ध भएको छ । यो कारको विकाससँगै अब ट्राफिक कम हुने आँकलन पनि गरिएको छ ।

युरोपमा यो कारलाई चलाउन अनुमति समेत दिइएको छ । पर्सनल एयर ल्याण्ड ह्वीकलले निर्माण गरेको यो कार झट्ट हेर्दा सुपरकारजस्तो देखिन्छ ।

युरोपको रोडमा यसको सफल परीक्षण गरिएको छ । साथै यसलाई सडकमा चलाउन अनुमति दिइएको छ ।

यो कारको परीक्षण फेब्रुअरी २०२० देखि गरिँदै आएको थियो । उक्त कम्पनीले सन् २०१२ मै यसको प्रोटोटाइप उडाउन सफल भएको थियो ।

हाललाई उक्त कारको मूल्य ३ लाख ९९ हजार डलर राखिएको छ । उक्त मूल्यमा कार भने समावेश गरिएको छैन ।


Loading comments...