“मोटोरोला इज ब्याक” – ‘मोटो जि नाइन प्ले’ र ‘मोटो इ सेभेन प्लस’का साथ नेपालमा पुनरागमन


विश्वभरि नै १० करोडवटा विक्री भएको मोटो इ र मोटो जि मोटोरोला (Motorola) को विक्री भएका अत्यन्त लोकप्रिय मोबाइल सिरिजहरु हुन् ।

मोटो जि नाइन प्ले नवीनतम क्वालकम ® स्न्यापड्र्यागन ™ ६६२ चिप्सेट, एउटा असाधारण ४८ एमपि को ट्रिपल क्यामरा प्रणाली र २० वाटको टर्बोपावर™ चार्जिंग भएको एउटा शक्तिशाली ५००० एमएएचको ब्याट्री सहित आउछ।

मोटो इ सेभेन प्लस आफ्नो वर्गमा अग्रणी ४८ एमपि एफर१.७ भएको मुख्य क्यामरा जसमा नाइट भिजन मोड छ एउटा शक्तिशाली ५००० एमएएचको ब्याट्री र अन्य धेरै विशेषता भएकोमा गौरव गर्दछ।

दुबै उत्पादनहरू मोटोरोलाको आफ्नै विज्ञापन-रहित, ब्लोटवेयर रहित, नियर-स्टक एन्ड्रोइड् अनूभवका साथ आउछ । मंसिर २७ देखि मोटो जि नाइन प्ले र मोटो इ सेभेन प्लस दराजमा उपलब्ध हुनेछन् ।

मंसिर २५, २०७७ः आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ।

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कल मोबिलिटी प्रा.लि. को साथमा भएको छ, जसको एउटा रोचक र साझा इतिहास छ। सन् २००७ मा, कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो। नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब्राण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो। मोटोरोला कल मोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राख्दछ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ र जि वर्ग यसका दुईवटा अति लोकप्रिय उत्पादनहरू हुन्, जसमा सन् २०१९ सम्ममा जि वर्गको विक्री मात्र नै १० करोडभन्दा धेरै भएको छ। इ वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् भनेस जिका उप्तादनहरू ‘सबैका लागि अधिकतम लाभ’ को वाचा सहित आउछ जसले उपभोक्ताहरूको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रीकरणको तात्पर्य राख्दछ। यस वाचाका लागि सत्य बन्दै मोटो जि नाइन प्ले र इ सेभेन प्लस, दुबै आफ्ना वर्गमा उत्कृष्ट विशेषताहरू सहित असाधारण मूल्यमा उपलब्ध छ जसले नेपाली बजारमा तहल्का मचाउने निश्चित छ!

मोटो जि प्ले कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरैथोकमा एउटा शक्तिशाली फड्को हो। सबैका माझ सामर्थ्य प्रवाह गर्ने गरि डिजाइन गरिएको नयाँ मोटो जी उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पुर्र्याउदछ। पूर्ण रुपमा नयाँ मोटो जि नाइन प्लेको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ, एउटा अत्यन्त चाडो काम गर्ने र भर्खरको क्वालकम ® स्न्यापड्रागन ™ ६६२ चिप्सेट, एउटा ४८ एमपि को प्राइमरी सेन्सर ट्रिपल क्यामरा प्रणाली एफ्र१.७ एपेर्चर भएको आफ्नो वर्गको अग्रणी र २० वाटको टर्बोपावर™ चार्जिंग भएको एउटा शक्तिशाली ५०००० एमएएच ब्याट्री जुन दुईदिनसम्म टिक्छ र नियर-स्टक एन्ड्रोइड अनुभवका साथ केवल  नेरु १९,९९० र ९जि नाइन प्लेका मानक विवरणहरू अलग्गै दिइएको छ ।

आजै घोषणा गरिएको – मोटो इ सेभेन प्लस नाइट भिजन प्रविधिका साथ आफ्नो वर्गमा उत्कृष्ट ४८ एमपि एफ र १.७ प्राथमिक शुटर सहित। यसका अतिरिक्त, यसले यस समूहमा अग्रणी विशेषताहरू प्रदान गर्दछ नवीनतम स्न्यापड्रागन प्रोसेसर, शक्तिशाली ब्याट्री, म्याक्स भिजन एच्डि डिस्प्ले र मोटोरोलाकै आफ्नो स्टक एन्ड्रोइड् अनुभवका साथ नेरू १६, ५९० को अविश्वसनीय मूल्यमा खरिद गर्न सकिने छ ।

मोटोरोला भारत र सार्क राष्ट्रका प्रवन्ध निर्देशक प्रशान्त मणि
हामी नेपालमा हाम्रा नवीनतम र आफ्ना वर्गमा उत्कृष्ट, मोटो जि नाइन प्ले र मोटो इ सेभेन प्लस स्मार्टफोनका साथ पुनरागमन गर्न पाउदा हर्षित छौं। गुणस्तरका लागि ख्यातिप्राप्त र भिन्न, स्वच्छ र स्टक एन्ड्रोइड् अनुभवका साथ रहेर उपभोक्ताका लागि अर्थपूर्ण नवीनताका साथ प्रस्तुत हुने एउटा सशक्त विश्वव्यापी ब्राण्ड भएकाले, हामी विश्वस्त छौं कि हाम्रा उत्पादनहरूले नेपाली उपभोक्ताहरूलाई खुशी पार्न सक्नेछन्।

कल मोबिलिटी प्रा. लि. का वरिष्ठ व्यवस्थापन
“हामी मोटोरोलालाई नेपालमा पुनः ल्याउन पाउदा अत्यन्त रोमान्चित र हर्षित छौं। हामी मोटोरोलाका मुख्य मूल्यमान्यताहरूमा साच्चै नै विश्वास गर्दछौं। मोटोरोलाको नवीनताका लागि लगावसँग हाम्रो वितरण र विक्रीपछिको सञ्जालको साथले गर्दा हामी सन् २०२१ सम्ममा मोटोरोलालाई नेपालको एउटा अग्रणी स्मार्टफोन ब्राण्ड बनाउन सक्नेछौं भन्नेमा विश्वस्त छौं।

उपलब्धता र मूल्य  

मोडल नम्बर

किसिम  उपलब्ध रङ्गहरू 

अधिकतम खुद्रा मूल्य 

मोटो जि नाइन प्ले ४ जिबी + १२८ जिबी इलेक्ट्रिक ब्लू १९९९०/-
मोटो इ सेभेन प्लस  ४ जिबी + ६४ जिबी  मिस्टी ब्लू  १६५९०/-

कस्तो छ वारेन्टीका शर्तहरूः
हेण्डसेटका लागि १ वर्ष, ब्याट्री तथा चार्जरका लागि ६ महिना

सेवासँग सम्बन्धित सोधपुछका लागि कता सम्पर्क गर्ने?
सिटिसी मल, पाँचौ तला, सुन्धारा, काठमाण्डौ
सम्पर्क नम्बरः +९७७-०१-४२१८०८४

मोटोरोला (Motorola) बारे आवश्यक जानकारी
झण्डै १०० वर्ष अघिको नवीनताको अग्रणी इतिहास भएको, मोटोरोलाले मोबाइल सञ्चार उद्योगको सिर्जना गरेको होे। हामीले मोबाइल सञ्चारलाई सम्भव बनाउने धेरैजसो मापदण्डहरू तथा प्रविधिहरूको आविष्कार गरेका हौ, जसमा पहिलो मोबाइल फोन, पहिलो बेस स्टेशन, र यी बीचका धेरैजसो कुराहरू पर्दछन्।

आज, हामी उक्त अग्रपंक्तिमा हुदाको उर्जालाई उपभोक्ताहरूका लागि नवीकृत गरिएको प्रतिवद्धतासँग मिसाउदैछौं। त्यसैले हाम्रा फोनहरू संसारको लोकप्रिय अपरेटिंग सिस्टम एन्ड्रोइड्मा चल्छन्। एन्ड्रोइड्ले त्यो खुल्लापन ल्याउछ जसले मोबाइलको दुनियामा इन्टरनेटलाई स्वरूप दियो। त्यहि कारणले गुणस्तर, अनुभव वा बनौटमा सम्झौता नगरिएका उपकरणहरू मार्फत संसारभरिका उपभोक्ताहरूका लागि हामी भव्य मूल्यवत्ता ल्याउनका लागि समर्पित छौं।

विगतको ८० वर्षदेखि, हाम्रा इन्जिनियरहरू नवीनतामा र समस्याहरू समाधान गर्न नयाँ तरिकाहरू पत्ता लगाउदै हुर्केका छन्। गतिशिलताको जादु मार्फत हामीले मानिसहरूको भलाइका लागि उनीहरूको जीवनमा नयाँ अवसरहरू खोज्न जारी राखेकाछौं।

कल मोबिलिटी प्रा.लि.
कल मोबिलिटी प्रा.लि.नेपालको ग्याजेट र गतिशिलताको पर्यावरण प्रणालीका लागि एउटा अग्रणी कम्पनी हो। कम्पनीको मुख्य ध्यान भनेको, आफ्ना उपभोक्ताहरूलाई अतुलनीय विक्री गर्दा र पछिकोसेवा प्रदान गरेर खुशी पार्नु हो। सन् २००७ मा स्थापित, देशै भरि अग्रणी खुद्रा विक्रेताहरूका साथ साझेदारी गर्दै कल मोबिलिटीको एउटा फराकिलो वितरण च्यानल छ। नेपाललाई विद्युतीय माध्यममा उच्चतम रुपमा सक्षम पार्ने उद्देश्य सहित, कल मोबिलिटी सुपथ मूल्यमा प्रविधिका हिसावले उत्कृष्ट सामग्री भित्र्याउन चाहन्छ ।

ठेगानाः पुतलीसडक, काठमाण्डौ, नेपाल
सम्पर्क विवरणहरूः +९७७-०१-४२४०८८६ तथा ९८०१२४८०५५
ईमेलः [email protected]


Loading comments...