ईज्रेल र भुटान बिच कुटनैतिक समबन्धको स्थापना


काठमाडाैं । बिश्वको एकमात्र यहुदी राष्ट्र ईज्रेल दोश्रो विश्वयूद्धपछि सबैभन्दा शक्तिशाली र प्रभावशाली राष्ट्रका रुपमा परिचित छ । नर्मलाइजेशन डिल्स अन्र्तगत ईज्रेलले भुटानसंग कुटनैतिक समबन्ध स्थापना गरेर गत शनिबार आफ्नो सबैभन्दा कान्छो दौंतरी मुलुकको सूचीमा भुटानलाई सूचिवद्ध गरेको छ ।
ईज्रेलका परराष्ट्र मन्त्री गावी अक्सेजनीले आफ्नो एउटा स्टेटमेन्टमा ईज्रेललाई स्वीकार गर्ने देशहरुको दायरा फराकिलो हुँदै गएको बताएका छन् । भुटानअघि मोरक्कोले पनि ईज्रेलसंग नर्मलाइजेशन सन्धी गरेको हो ।

अगस्तपछि पहिलो अरब राष्ट्र जस्ले ईज्रेलसंग नर्मलाइजेशन सन्धी गर्यो त्यो मोरक्को नै हो । केहि बिज्ञहरुका अनुसार मध्यपूर्वका देशहरु साउदी अरब, ओमान लगायतले पनि निकट भविष्यमा ईज्रेलसंग नर्मलाइजेशन सन्धी गर्न सक्ने छन् ।
रोन मल्का भारतका लागि ईज्रेलका राजदुत हुन्, उनले आफ्ना भुटानी समकक्षी जनरल भेस्टोप नाम्गेलसंग हस्ताक्षर गरेको भन्दै एउटा एतिहासिक दिन भनी बताएका थिए ।
अब भुटान र ईज्रेलले आर्थिक, प्राविधिक र कृषीगत प्रविधीहरु साटासाट गर्ने बताइएको छ । यसका साथै दुबै देशहरुले सांस्कृतिक समबन्ध र पर्यटनमा पनि आपसी समन्वय गर्ने बताइएको छ ।
चीन र भारतको बिचमा रहेको सानो देश भुटान सँधै दुई भिमकाय देशहरुको शयलमा जोगिँदै आएको छ, ईज्रेलसंगको दौँतरी समबन्धले भुटानलाई कुन छिमेकसंग नजिक र कुनसंग पर बनाउनेछ त्यो हेर्न बाँकी छ ।

 


Loading comments...