लाङ्गटाङ्गमा आधा घन्टा


लाङ्गटाङ्ग राष्ट्रिय निकुन्ज क्षेत्रको एउटा सानो उपत्यका केन्जिङ्ग गाँउमा एउटा पुरानो होर्डिगबोर्ड भएको होटल, बाहिरपटीका कुर्सिमा घाम ताप्दै गफ गरिरहेका हामी जस्मा थियौँ म ,दुईजना क्यानेडिएन बिदेशी पुरुषहरु एमासोन र जी वान्डेन अनि स्थानिय यूवाहरु । चलचित्र निर्देशक शौरभ ढकाल त्यो कुराकानीलाई क्यामरामा फिल्ल्माईरहेका थिए । घरको बलेसी मुन्तिर हिँउका थुपा्रहरु पग्लेका थिएनन, हिमाललाई छोएर आएको चिसोहावालेले तातो घामको महत्व अझै बढाईरहेको थियो, ढुङ्गाका थुपा्र र पुराना घरका अवशेष अनि घरभित्रका पुराना सामानहरु यत्रतत्र छरिएका थिए छेउछाउमा, ढुङ्गालाई कुटेर नयाँ घरका लागी गिटी बनाँउनेहरु एकतमासको ट्याक ट्याक आवाज निकालेर अलि परतिरको थुम्कोमा काम गरिरहेका थिए । हेलिकोप्टरको पंखा रोकिएर तपाँई ओर्लिनुभएको ठ्याक्कै आधा घन्टामा तपाँई यहाँ आईपुगीदिनुहोला, काठमाडौँ फर्केर एयररेस्क्यूको लागी जानुछ, क्याप्टेनले मलाई भनेँ, मैले मुन्टो हल्लाएँ र मनमनै प्रतिज्ञा गरेँ यो आधाघन्टा समयको म एतिहासिक रुपमा सदुपयोग गर्नेछु भनेँर ।

भुँईचालो गएको ठिक एकबर्षको भोलिपल्ट अर्थात ७३ सालको बैशख १३ गते दिँउसोको १२ बजेर पन्ध्र मिनेट
जाँदा हामी काठमाडौँबाट हेलिकोप्टरमा खोलाछेउको सानो हेलिप्याडमा अवतरण गरेका थियौँ । हेलिप्याड छेउमै फलामे डन्डिहरु देखेर मलाई जिज्ञासा लाग्यो, पाईलटसँग ओर्लिए पछी सोधेँ , यो फलामे डन्डिहरु के हेलिकोप्टरबाटै ल्याएको हो ? फलामे डन्डिडरु र सिमेन्टरु हेलिकोप्टरबाटै ल्याईने रहेछ, अझ फलामे डन्डिहरु त हेलिकोप्टरमा झुन्ड्याएरनै त्यहाँसम्म पूर्याईने रहेछ । हिमालको त्यो काखमा भएको गाँउ जति मनोरम थियो त्यहाँको जिवनशैलि उत्तिनै कष्टकर पनि । पून:निर्माणका काम धमाधम अगाडी बढिरहेको थियो, फलामेरडहरु अझै ल्याईने तैयारीमा थिए, गीटीहरु कुटिँदै थिँए, गाराहरु बनाँईदै थिए । मलाई पुराना घाउहरु कोट्याउन थिएन, त्यो गाँउमा कतिजना भुईचालोमा मरे भन्दापनि अब त्यो गाँउलाई कसरी बनाँउने भन्नेतर्फ केन्द्रित भएँ ।

क्यानेडियन नागरीक एमासोन एउटा रिटायर्ड कम्प्यूटर ईन्जिनियर हो, उस्का बच्चैदेखिको साथी वान्डेन लाई उस्लेनै नेपाल घुमाउन ल्याएको हो, बाल्यकाल देखिको बाचा थियो उस्ले भन्यो, एमासोन यो भन्दा पहिले सन १९८९ मा नेपाल आएको थियो। त्यतिबेला म शायद एकबर्ष र केहि महिनाको हुँदो हुँ, मैले भनेँ । होला होला शायद मैले तिमीलाई त्यतिबेला आँउदा कुनै अस्पतालमा शिशुका रुपमा देखेको जस्तो लाग्यो, एमासोनले जोक गर्यो, हामी सबै हाँस्यौँ, मैले टाउको हल्लाए र गफ चल्दै गयोँ ।

हेलिप्याडबाटै हामीले स्थानिय यूवासाथीहरुको साथ पाईसकेका थियौँ, संख्या थपिँदै गयो, यो दश मिनेटमा हामीसँग ७ जना यूवाहरु थिए । धेरै जसो काठमाडौँ बसेर पढ्ने र छुट्टिमा घर पुगेकाहरु थिए । काठमाडौँमा बसेर कक्षा १२ को पढाई सकाएर घर फर्किएका स्थानिय यूवा जन्बु तामाङ्ग का अनुसार भुँईचालोपछि पर्यटकहरु आउन धेरै कम भएको छ, पहिले जस्तो फ्लो छैन । हुन पनि हो, भुँईचालोपछिको नेपाल त्यति सुरक्षीत छैन भनेँर पर्यटकहरु नआएका हुन्, मैले यहि कुरा एमासोन र वान्डेनलार्ई सोधेँ , के वास्तवमै नेपाल असुरक्षीत छ त ?
एमासोन नेपाल असुरक्षित छैन भनेँर मान्न तैयार छैन, उस्का अनुसार प्राकृतिक बिपत्ति जहाँ पनि जहिले पनि आउन सक्छ । छेउमा बसेको उस्को साथी वान्डेनले कुरा थप्यो हामी यदि लसएन्जलसजस्तो ठुलै शहरमानै पनि गएर बस्यौँ र लामो समय बस्दा त्यहाँ पनि केहि न केहि प्राकृतिक बिपत्तिनहोला भन्न सकिँदैन, त्यसैले नेपाल असुरक्षित छ भन्नेकुरामा म सहमत छैन, उस्ले भनेँअनुसार लामोसमयमा प्राकृतिक बिपत्तिआउनु सामान्य हो र उस्को नेपाल असुरक्षीत छ भन्नेकुराको असहमतिमा टाउकोहल्लाएर सहमती जनायो उस्को साथी एमासोनले, केन्जिङ्ग गाँउमा उनिहहरु सुरक्षीत महसुस गरिरहेका थिए ।
उनिहरु स्याब्रुबेसीबाट तिनदिनको पैदलयात्रापछि त्यहाँ आईपुगेका रहेछन्, बाटोमा कुनै अफ्ठेरो भएन, एकदम रमाईलो गर्दै यहाँ आईपुग्यौँ, दुबै हाँसे । यी सबैकुराहरु शौरभले खिचेका छन् र हामीहरुले यी भिडियो अनलाईनमा अपलोड गरेर संसारलाई नेपाल सुरक्षीत छ भनेँर नेपाल आएका बिदेशीहरुबाटै जानकारी दिलाउनेछौँ मैले उनिहरुलाई हामीले खिच्नुका कारण प्रष्ट पारेँ, उनिहरु अब झन हौसिन थाले । काठमाडौँ फर्किपछि म पनि हेर्नेछु उनिहरु दुबैले उत्सुक्ता देखाए ।
मेरो आधा घन्टा घटिरहेको थियो र यो आधा घन्टामा थप बिदेशी पाहुनाहरु भेट्ने ईच्छा थियो तर पारि गाँउमा पूजा भएकाले धेरैजना बिदेशीहरु बिहानै उता गएका छन, स्थानिय भाईले भन्योे ।
मैले वान्डेनललाई अनि कहिले फर्किने भनेँर प्रश्न गरेँ, उस्का अनुसार उनिहरु दुईदिन त्यहिँ बसेर फर्किनेछन् । जिस्क्याँउदै सोधेँ अनि एभालान्चे जाला , भैँचालो जाला या बिरामी परिएला भनेँर डर लाग्दैन रु यो गाँउमा त अस्पताल छैन नि ?
हाँस्दै जवाफ आयो, म यहाँ एडभेन्चर गर्न आएको हुँ अनि अलि अलि रिस्क नभई एडभेन्चर कहाँ हुन्छ र ? फेरि बिरामी परिहालियो भनेँ नेपालमा एयर रेक्क्यूको सुबिधापनि छ, मलाई पनि हेलिकोप्टरमा सोझै काठमाडौको कुनै ईन्टरनेशनल अस्पतालमा लगीहाल्छन नि, डन्ट वरि , ए अघि क्याप्टेनले भनेँका एयररेस्क्यू यो पो रहेछ, मैले अहिले आएर बुझेँ । हो पनि यदि पर्यटनलाई साच्चीकै प्रर्बर्धन गर्नुछ भनेँ यस्ता कुराहरु जरुरी छन्, एडभेन्चर गर्न आएका बिदेशीहरुलाई सकेकम्म थोरै जोखिम होस र उनिहरुलाई सहज उद्घार गर्न सकिनुपर्छ, यता आफ्नो आधा घन्टा बित्दो छ, घडि हेरेँ अझै बिस मिनेट समय थियो ।

अब भनेँ त्यहाँबाट उठियो, परतिर घरमा एकजना बहिनी लुगा धुँदैथिईन । हामी उनितिर जाँदैथिँयौँ तर बहिनी भनेँ हामीलाई देखेर केहि बोल्न लाउलान या सोध्लानभनेँर होला भित्र गएर लुकिन, उन्कालुगाहरु आँगनमा आधा धुँदैगरेका अवस्थामै भए, ति हिमालकी छोरीको लाज पनि ब्याख्यागर्न लायक लाग्यो तर मेरो समयको सिमा घट्दै थियो, मेरो गाँउ हेर्ने धित मरेकै थिएन्, म अगाडी बढेँ । भुँईचालोमा लडेका घरहरु अभैm उठ्नबाँकी थियो, छाप्रामा बसेकाहरु अब छाप्रा छाड्ने तरखरमा जुटेका थिए, पुराना घरका अवशेषहरुमा सम्झनाका बहुमुल्यकुराहरु थिए । एउटा लडेको घरको आँगनमा आधा भाचिएको पुरानो दराज थियो, अघिल्तिरको आधाफुटेको सिसामा एउटा बच्चासँगैँ आमाको फोटो थियो, मुकलुक्क परेको मोटोघाटो बच्चा आफ्नीआमासँग गाला जोडेर खिचेको फोटो । त्यो फोटो खिच्दाखेरिको खुशी फेरि फर्कियोस, यो दराज छाप्रामा अटाँउदैन तर अब छिटै यो दराज अट्ने घर होस र घर भित्र मुस्कान होस भन्ने शुभेच्छा मनमनै ब्यक्त गरेँ ।
काठमाडौँबाट भुँईचालो दिवसमा उडाएका बेलुनहरु त्यस्ता कुनाकन्दराका आकाशहरुमा पनि पुगोस, काठमाडौँको धरहरा बनाँउनभन्दापनि भुँईचालोपिडितको छापा्रहरुलाई हावा, पानी र शितबाट जोगाउन जरुरी छ । भुईँचालोपछि मास्तिरको हिमालबाट हिमपहिरो अर्थात एभालान्चे आँउछ भनेँर गाँउलेहरु परतिरको डाँडामा धेरै बसे, त्यो थुम्को गाँउबाट अलिक पर छ, त्यहाँ अझै छापा्रहरु छन्, त्यहाँ बस्ने मान्छेहरु छन्, तिन्का घरका भग्नावशेशसँगै भक्कानिएका सम्झनाहरु र छरपष्ट आशाहरु छन् । ती आँशरुहरुको हिसाब अधुरै भए, संबेदना र शुभकामनाले मात्र नपुग्ने रहेछ तर पनि ति अनुहारहरु टिठलाग्दा थिएनन, सक्नेले उडाएर ल्याएको छड र सिमेन्टले र नसक्नेले माटाकै गारा र छेउको खोलाकिनारबाट ल्याएको ढुङ्गालेनै चारभित्ता ठड्याईरहेका थिए, अबको भुँईचालोले ती गाराहरु नहल्लाओस ।

अलि परनै पुगिएछ हिँडेर अब त समयले नेटो काट्न आँटिसकेको थियो, हेलिप्याड फर्कन पर्ने समय भयो ।
जेन्बु तामाङ्गलाई अब एउटा धोको पुरा गर्नछ, उस्लाई शौरभले बोकेको क्यामेराबाट आफ्नो होटलको अगाडी एउटा सिगंल फोटो खिच्न छ । उस्को यो धोको त हामी जस्सरी नि पुरा गर्ने हो, अनि हामी कुद्यौँ, जेन्बुको होटलतिर ।
जेन्बु र उस्का गाँउलेहरु साँच्चै साहसी छन्, उनिहरु भुँईचालोलाई जितेर अगाडी बढ्ने तरखरमा छन्, घरका गाराहरु बनाँउन थालिसके र बातैपिच्छे मुस्कान छ उनिहरुसँग, एउटा मुस्कानसहितको फोटो खिच्यौँ जेन्बुको होटल अगाडी । हेलिकोप्टरले पंखा स्टार्ट गरिसकेको थियो, आवाज आउन थाल्यो । जेन्बु, पासाङ्ग र अरु धेरै हामीलाई हेलिकोप्टरसम्म छाड्न आए, ती लुगाधुने नानीको आँगनमा आधा धोएको लुगा त्यस्तै थियो, शायद हामी उडेपछि झरिन होला । गएका ठाँउबाट ढुङ्गाहरु टिपेर ल्याउने बानी छ मेरो, त्यहाँबाट पनि तिनवटा फरक खाले ढुङ्गा लिएर आँए, हेलिकोप्टर उड्दै गयो, तलका मान्छेहरु साना हुँदै गएँ ।
-सुयोग ढकाल


Loading comments...