बैबाहिक सम्बन्धलाई कसरी मजबुद बनाउने


मंशिरको महिनाले बिदा माग्न लागिसकेको छ । कयौ जोडिहरु यस महिनाको शुभ दिनहरुमा बैबाहिक बन्धनमा बाधिएका छन् । असल जिबनसाथीको लागी आफनो भाग्यको रुपमा पनि लिने गर्दछन्, तर  यो त तपाईले गर्ने व्यवहारको प्रतिफल पनि  हो । कुनै पनि सम्बन्धमा सुरक्षा, विश्वास अनि सम्बन्धको निरन्तरताको लागि माया व्यक्त गर्न जरुरी हुन्छ अनि मात्र बन्दछ् मजबुद नाता जुन सम्बन्धमा कुनै मनमुटाबको अवस्था सिर्जन हुदैन । केही व्यवहारको बारेमा चर्चा गरौ जुन सम्बन्धलाई बलियो बनाउने आधारहरु बन्न सक्छन् ।

माया व्यक्त गर्नुहोस्
कुनै पनि सम्बन्धमा सुरक्षा, विश्वास र बलियो आधार चाहिन्छ, अनि मायाले मात्र सम्बन्ध सुरक्षित, विश्वासिलो र मजबुद बन्न सक्छ् । माया व्यक्त गर्ने कुनै नियम त हुदैन, तर पनि आ आफनो स्वभाव अनुसार आफना कुराहरु व्यक्त गर्नु पर्दछ । समय समयमा आफनो भावनाहरु आफनो पार्टनरलाई व्यक्त गर्नुपर्दछ ।

मनपर्ने मन नपर्ने कुराहरुको बारेमा जानकारी राख्ने
कहिलेकाही हामी चाहान्छौ कि आफनो लागि श्रीमन , श्रीमतिले केही नयाँ अनि खास कुरा गरोस, तर प्राय यी कुराहरु थाहा हुदैन्न् कि तपाई , हाम्रो अपेक्षा चाही के छ । त्यसैले मनपर्ने मननपर्ने कुराहरुको बारेमा कुराहरु गर्न जरुरी हुन्छ । जसले दुवै जनाको भावना तथा चाहना बुभmन सहज हुन्छ । एक अर्काको इच्छा, आंकाक्षालाई जानेर समय समयमा सरप्राइज दिन सकिन्छ , जसले सम्बन्ध झन बलियो हुन्छ ।

नामबाट सम्बोधन
हुन् त सामान्य कुरा हो तापनि आफनो पार्टनरलाई उसको नामबाट सम्बोधन गर्दा सम्मान तथा आत्मीयताको महसुस गर्दछन् । साथै कहिलेकाही मायालु शब्दको प्रयोगले पनि आत्मीयताको महसुस गराउदछ ।

एक अर्कासँग निकट रहनु
सम्बन्धलाई मजबुद बनाउनको लागि दिनको केही समय साथमा बस्ने गर्नाले तनाव तथा थकान समेत कम हुन्छ् । विभिन्न अध्ययनबाट समेत यो कुराको पुष्टिभएको छ कि केही समयको अंकमालले पिडा तथा तनाबहरु कम हुने गर्दछ ।

कठिनाईमा साथ दिने
यदि तपाईको पार्टनरलाई केही कुराले दुख दिएको हुन सक्छ, अनुहारको भावलाई बुझेर उक्त कठिनाईको बारेमा सोध्न तथा मिलेर समाधानको उपाय खोज्न जरुरी हुन्छ । तपाई साचो मायाले यस्ता कठिनाईको समयमा साथ दिन्छन् ।

घुमफिर
आफनो नाता सम्बन्धलाई झन बलियो बनाउनको लागि एक अर्कासँग रमाइलो समय विताउन जरुरी हुन्छ् । जुनसुकै सम्बन्धमा नयाँपन ल्याउनको लागि घुमफिर गर्न तथा एकान्तमा समय विताउन जरुरी हुन्छ । यस प्रकारको समयले सम्बन्धमा नयाँ आयम सृजना गर्दछ ।

सम्झौता
यो कुरा सबैले बुझन जरुरी हुन्छ, कि दुईमन को सोचाई छुट्टा छ्ट्टै हुन्छ । त्यसैले सम्झौता हर समयमा शक्तिशाली उपकरणको रुपमा लिर्इंन्छ । कुनै पनि घटना प्रति सबैको आ आफनो धारणा रहन्छ, ती सबै धारणहरु बुझेर मात्र निर्णय लिनु पर्दछ । आफनो पार्टनरको विचारलाई पनि सुन्ने गर्नुपर्दछ ।

झगडा देखि टाढा हुनुहोस
यदिन तपाई र तपाईको पार्टनरसँग मजबुद सम्बन्ध बनाउन चाहानुहुन्छ भने, तपाईको जोडिसँग हुने झगडाहरु कम गर्नु जरुरी रहन्छ । यस प्रकारका झगडाहरुले सहजै रुपमा सम्बन्धलाई कमजोर गर्न सक्छ । त्यसैले झगडा हुने समयम शान्त बसेर झगडाको कारण खोज्नु महत्वपुर्ण रहन्छ् । सम्बन्धलाई मजबुद बनाउन कहिले काहँी गल्ती भएको खण्डमा माफी माग्न डराउनु पनि हुदैन


Loading comments...