
उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिवमा निर्वाचित
२७ पुष २०७७, सोमबार २२:०१
उत्तर कोरिया- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।
पार्टीको महासचिवका रुपमा उनीभन्दा अगाडि उनको बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आएका थियो । पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा रहेका छन् । उनले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएको थियो । उत्तर कोरियामा उनको परिवारको दबदबा रहेको छ ।
उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई ज्ञापान गरेका छन् ।
उनले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिएका छन् । उनले महासचिवका रुपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिबद्धता
वाशिङ्टन (एजेन्सी)। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकाका सबै ५० राज्यमा
भारतीय रक्षा मन्त्री तथा भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले भारतीय टिभी च्यानल आजतकको कार्यक्रम “सीधी बात”मा चीन तथा
रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् । उनले क्याबिनेट