
६२/६३ को परिवर्तनपछि मुलुकमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भयोः कमल थापा
१८ माघ २०७७, आईतवार २३:१४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तन पश्चात् मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावाद तर्फ उन्मुख भएको बताएका छन् ।
राप्रपा प्रवास महासंघले आज आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दुत्वको धरातलमा उभिएर मुलुकमा आर्थिक,सामाजिक,राजनितिक, सांस्कृतिक रुपान्तरण गर्न चाहेको बताए ।
भ्रष्टाचार ,बेरोजगारी,धर्मपरिवर्तको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको उनले बताए । सर्वोच्चमा बिचाराधिन विषयमाथि दवाव र प्रभाव अनुचित हुने जनाउदै थापाले सडक प्रदर्शन र वक्तव्यबाजी असान्दर्भिक भएको समेत उल्लेख गरे।
राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानू र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवासमा पनि पार्टीको सकृय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गर्दै प्रवासबाट महाधिवेशनमा सहभागीताको सुनिश्चित भएकोमा बधाई सहित खुशी प्रकट गरे।
कार्यक्रममा प्रवास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ , लोक तिवारी लगायत विभागका प्रमुख बिजय खड्काले समेत धारणा राखेका थिए । बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ