दोगडाकेदार किशोरी हत्याको निष्पक्ष छानाबिन होस- नेता भट्ट


बैतडीको दोगडाकेदार गाउँपालीकामा एक किशोरीको हत्या भएको छ ।
बुधबारदेखि विद्यालयबाट हराएकी दोगडाकेदार गाउँपालिका चड्यापानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको जंगलमा शव भेटिएको छ । उनको बलात्कार पछि हत्या भएको आशंका गरिएको छ ।

यस्तै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हरीशप्रसाद भट्टले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । आजै एक विज्ञप्ति जारी गर्दै उनले घटना रहस्यमय र नृशंष भएको भन्दै उनले स्थानीय प्रशासनसँग वैज्ञानिक र छरितो अनुसन्धान गर्न माग गरेका छन् ।

“जंगलमा रहस्यमय हत्या भएको र हत्या हुनु अघि बलात्कारको आशंका गरिएको यो दुःखद घटनाको यथाशिघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषिलाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरुसँग विनम्र अनुरोध गर्दछु ।”- विज्ञप्तिमा भनिएको छ ।

यस्तै नेता भट्टले गाउँघरमा बलात्कार र हत्या जस्ता घटना बढीरहनु राज्यसंयन्त्रको असफलता मात्रै नभएर हाम्रो समाजिक चेतना र हाम्रो खस्किदो नैतिक स्तरको पनि नमुना भएको बताएका छन् ।

यस्ता घटना दोहोरिन नदिन कानून कार्यान्यवयनका संयन्त्रहरु चनाखो र सक्षम हुनुका साथै समाजमा नैतिक चेतनाको अभिवृद्धि पनि जरुरी रहेको उनको राय छ । दोगडाकेदार घटनाको यथाशिघ्र छानबिन र कारवाही गर्दै उप्रान्त यस्ता घटना घट्न नदिन थप सजकता अपनाउन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।


Loading comments...