संसद पुनर्स्थापनाले ३ करोड नेपालीको जित भएको छ : योगेश भट्टराई


काठमाडौं- नेकपा (प्रचण्ड-माधव समूह)का नेता योगेश भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै ३ करोड नेपालीको जित भएको बताएका छन् ।

सर्वोच्चले संसद विघटन बदर गरेपछि भट्टराईले ट्वीट गर्दै स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको बताए । ‘अदालतले मुलुक र लोकतन्त्र रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ,’ उनले लेखेका छन् ।

यस्तो छ भट्टराईको ट्वीट:

सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ । मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशज्यूहरूप्रति हार्दिक धन्यवाद तथा आभर व्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।

 


Loading comments...