इन्स्टाग्रामका तस्बिरबाट सिक्दैछ फेसबुक


बीबीसी । सार्वजनिक गरिएका एक अर्ब इन्स्टाग्राम तस्बिरले अहिले फेसबुकले निर्माण गरेको ‘अल्गोरिदम’ प्रणालीलाई वस्तुको पहिचान गर्न सिकाइरहेको छ ।

परम्परागत रुपमा अल्गोरिदमलाई मान्छेले विभाजित गरेको डाटासेट जस्तै ः कुकुर या बिरालो या फूल भनेर लेबल गरिएका तस्बिरहरु चिनाएर ट्रेनिङ दिने गरिन्छ । तर इन्स्टाग्रामका तसिबरहरु चाहिँ बिना कुनै लेबल अल्गोदिम सामु प्रस्तुत गरिएको थियो जसपछि त्यसले ८४.५ प्रतिशत तस्बिरहरु सहि रुपमा पहिचान गर्न पनि सकेको फेसबुकले जनाएको छ ।

फेसबुकले आफ्नो प्रणालीलाई ‘सिर’ नाम दिएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’, एआइका विज्ञ केलम चेजका अनुसार दिर्गकालीन रुपमा प्रभावकारी साबित भए, यो प्रविधि कम्प्युटरहरुमा ‘कमन सेन्स’ निर्माण गर्न अधिक महत्वपूर्ण कदम हुनेछ ।

फेसबुक बाहेक अन्य फर्महरुले पनि यो प्रविधि परीक्षण गरिरहेका छन् ।

अल्गोरिदमले यसअघि नै सफलतापूर्वक भाषालाई प्रोसेस गर्न सकेको छ । तर तस्बिर पहिचान गर्न सक्नु चाहिँ यसका लागि नयाँ र फरक चुनौति भएको फेसबुकको भनाइ छ । भाषामा एउटा–एउटा शब्द पहिचान गर्न सजिलो हुन्छ तर तस्बिरहरुको सबै अंश चिन्न कठिन हुने हुनाले नै यो प्रक्रिया चुनौतिमय भएको फेसबुकले बताएको छ । उदाहरणका लागि तस्बिरको कुन हिस्सामा रुख छ या जनावर छ भनेर पहिचान गर्न मेसिनलाई धेरै कठिन हुन सक्छ किनकी एउटै तस्बिरमा ती दुवै हुन सक्छन् या दुवै नजिक वा सँगै जोडिएको पनि हुन सक्छन् ।

त्यसैगरी तस्बिरलाई पहिचान गर्दा अल्गोरिदमले कुन पिक्सेलले के अर्थ दिन्छ भन्ने स्पष्ट पार्नुपर्ने हुन्छ । यसका साथै एउटै वस्तुले दुई तस्बिरमा फरक अर्थ दिन पनि सक्छन् र एउटै वस्तुको तस्बिर फरक तरिकाले खिच्दा फरक देखिन सक्छ ।
अक्सफोर्ड इन्टरनेट इन्सटिच्युटकी स्यान्ड्रा वाचरले यो रिसर्च अधिक आशाजनक भएको बताइन् । तर यसमा अझैपनि अल्गोरिदमले वस्तुहरु पहिचान गर्दा कसरी निर्णय लिन्छ या हामीले ‘इन्पुट’ गरेको डाटा मार्फत अगाडि बढिरहेको हो होइन भन्ने बुझ्न पनि महत्वपूर्ण रहेको उनले बताएकी हुन् ।


Loading comments...