नेपाली सेनाका लागि कोरोनाभाइरस विरुद्धको लडाइमा भारतीय सेनाको सहयोग, होलीको दिन आइपुग्यो १ लाख डोज भ्याक्सिन


भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नोभल कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको १ लाख डोज ‘कोभिसिल्ड’ खोप सहयोग प्रदान गरेको छ ।

सहयोग स्वरुप उपलब्ध गराइएको उक्त भ्याक्सिन त्रिभूवन विमानस्थल, काठमाण्डौमा आज साँझ आइपुगेको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित उक्त खोप यस अघि पहिलो पल्ट गत ८ माघ २०७७ का दिन भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दश (१०) लाख भ्याक्सिनको डोज प्रदान गरेको थियो ।

उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ । यसको ‍औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको नेपाली सेनाको आधिकारिक फेसबुकमा उल्लेख गरिएको छ ।

तस्वीरः भारतीय दूतावास


Loading comments...