
भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहारस्वरुप प्रदान
१७ चैत्र २०७७, मंगलवार १८:३६
भारत सरकारको ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप प्रदान गरेको छ । टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित एक समारोहकाबीच नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उक्त खोप नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभयो ।
भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले सो खोप हस्तान्तरण समारोहमा भिडियो कन्फरेन्स मार्फत सहभागिता जनाउनुभयो । वहाँले दुई देशका सेनाबीच भातृत्वको साइनो रहेको बताउनुभयो । सो अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो खोप उपहारका लागि भारतीय सेना र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त खोप एयर इण्डियाको विमान मार्फत २०७७ चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलएयर इण्डियाको विमान मार्फत २०७७ चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । कोभिड–१९ महामारी विरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई गत वर्षदेखि रेमडेसिभिर, एक्सरे मेसिन, रेडियोग्राफी उपकरण, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनीट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण तथा एम्बुलेन्स लगायत विभिन्न किसिमको सहयोग गर्दै आएको छ । भारतले अहिले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपको हस्तान्तरणले कठिन घडीमा दुई देश र दुई देशका सेनाबीच हुने सहकार्यलाई पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा