राउटे बस्तीको एउटा कथा


समयले कोल्टे फेरिसक्यो ढुङ्गे युग बाट कृषि युग हुदै अहिलेको बैज्ञानिक युगमा प्रवेश गरिरहेको अवस्थामा एउटा वर्ग अझै पनि पुरानै युगमा देख्दा समृद्धिका कुराहरु निकै खल्लो लाग्दो रहेछ । दैलेख वरपरको गाँउमा हेर्ने कथाको टिमले तयार पारेको राउटे बस्तीको कथाबाट उनीहरुको कष्टकर जिबन देख्दा देशमा रेल भन्दा पहिला तिनीहरुको भान्छामा तेल पुर्याउनु पर्ने भान हुन्छ । पानी जाहाजको आवस्यकता भन्दा उनीहरुको वसोवासको व्यवस्था मिलाउनु ठुलो उपल्बधी जस्तो लाग्छ ।

पुर्खाको भेष भुषालाई आत्मसाथ गरेर परिवर्तन तर्फ आँउन नखोज्ने उनीहरुको स्वभावलाई परिवर्तन गर्न अत्यन्त जरुरी छ । शिक्षा, स्वास्थ्य र उचित खानपिनको अभावले पक्कै पनि विभिन्न समस्याहरु सिर्जना हुन सक्छन् । भत्ता र सहयोगको कारणले पेशालाई छाडेर त्यही भक्तामा भर पर्ने र आशा गर्ने वानीको बिकास भइरहेको अवस्थामा दिर्घकालिन व्यवस्थामा जोड दिनु पर्ने हो । राउटे वस्तीको प्रतिनिधित्व गर्ने एक बालक बिर्खे शाहीको बोलीहरु सुन्दा उनलाई आफनो देश नै थाहा नभए जस्तो भान हुन्छ । क्यामरा, गाडी,मोवइल जस्ता कुराहरु निकै अनौठो मानिरहेका उनलाई संविधानमा उनको पढ्न पाउने, खान पाउने जस्ता आधारभुत अधिकारको बारे कस्ले भन्ने ।

विदेशीको सहयोग तथा विभिन्न व्यक्तिहरुको सहयोगले खानको लागि खासै समस्या नभएतापनि त्यो भत्ता तथा सहयोगको मध्यपानमा खर्च भएको अवस्थाले पनि पछिल्लो पुस्तामा पर्ने खराब असरहरु देख्न सकिन्छ ।

एउटा लुकेको कथा राउटे बस्तीको कथा अवस्य हेर्नु होला ।


Loading comments...