प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा रायसीना संवाद २०२१ को उद्घाटन समारोहमा सम्बोधन


प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत्र ३१ गते आयोजित रायसीना संवादको छैटौं संस्करणको उद्घाटन समारोहलाई भर्चुअल माध्यमद्वारा सम्बोधन गर्नुभयो । संवादको यसपटकको विषय “ViralWorld: Outbreaks, Outliers and Out of Control” रहेको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नै स्रोतमा निर्भर भई आफ्ना नागरिकलाई महामारीको कहरबाट बचाउन भरमग्दुर कोसिस गरेको बताउनुभयो । “महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास गर्र्यौं । हामीले हाम्रा १ अर्ब ३० करोड जनतालाई महाव्याधिबाट बचाउन प्रयास गरेका छौं । साथसाथै हामीले अरुलाई पनि महामारी विरुद्ध लड्न सहयोग गर्ने प्रयास गरेका छौं ।”

कैयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको बताउँदै वहाँले महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवम् स्रोत सिंगो मानव समुदायसँग बाँड्ने बताउनुभयो ।

सो उद्घाटन समारोहमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । समारोहमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले पनि सहभागीता जनाएका थिए । यसको अलावा फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्यान्ड, टर्की र भुटानका परराष्ट्रमन्त्रीले पनि सो संवाद कार्यक्रममा उपस्थिति जनाएका थिए ।

सन् २०१६ बाट सुरु भएको र प्रत्येक वर्ष आयोजना हुने रायसीना संवाद भू–राजनीति र भू–अर्थसँग सम्बन्धित भारतको अत्यन्तै महत्वपूर्ण सम्मेलन हो । यो सम्मेलनलाई भारतको विदेश मामिला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गर्दछ । कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिका कारण आयोजकहरुले सो संवाद कार्यक्रम भर्चुअली आयोजना गर्ने निर्णय गरेका छन् ।

संवादको विषय २०२१ संस्करणका लागि “#ViralWorld: Outbreak, Outliers and Out of Control” रहेकोे छ । चारदिने उक्त कार्यक्रममा पाँच मुख्य विषयवस्तुहरुमा संवाद केन्द्रित हुनेछ । यी विषयवस्तुहरुमा WHOse Multilateralism? Reconstructing the UN and Beyond; Securing and Diversifying Supply Chains; Global ‘Public Bads’: Holding Actors and Nations to Account; Infodemic: Navigating a ‘No-Truth’ World in the Age of Big Brother; The Green Stimulus: Investing in Gender, Growth, and Development रहनेछन् ।


Loading comments...