Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

जनताको स्वास्थ्यमा खेलबाड नगर्न अध्यक्ष दाहालको आग्रह

१४ बैशाख २०७८, मंगलवार ०२:२३


काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आज साँझ एक विज्ञप्तिमार्फत् भनेका छन्, “स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनेको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशङ्का बढाएको छ ।”

उनले महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनतामा पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रलाई समेत अपिल गरेका छन् ।

अध्यक्ष दाहालले विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराएको सन्दर्भमा तीनवटै तहका सरकार तथा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले स्वास्थ्य स्वमय्सेविका रुपमा महामारी विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गरेका छन् ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका चिकित्सक, स्वास्थयकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै उनले स्वास्थ्य सुरक्षाको सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन सबैलाई विशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ